खेल

क्लबको लागि मेस्सीको ५ सय गोल पूरा

क्लबको लागि मेस्सीको ५ सय गोल पूरा
कात्तिक–२२ । बार्सिलोना क्लबमा खेलिरहेका अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले आफूले खेल्दै गरेको क्लबका लागि ५ सय गोल पूरा गर्ने कीर्तिमान बनाएका छन् । आइतबार राति सेभिलविरुद्ध ला लिगाको खेलमा बराबरी गोल गरेपछि मेस्सीले बार्सिलोनाका लागि ५ सय गोलको कीर्तिमान पूरा गरेको बार्सिलोनाले जानकारी दिएको छ । क्लबका अनुसार मेस्सीले बार्सिलोनाका लागि खेलेको आधिकारिक र मैत्रीपूर्ण खेलमा गरेको गोललाई जोड्दा आइतबार क्लबका लागि ५ सय गोल पुगेको थियो । आधिकारिक खेलमा मात्रै मेस्सीले बार्सिलोनाको लागि ४ सय ६९ गोल गरिसकेका छन् । उनी यसअघि नै क्याट्लान क्लबबाट सर्वा्धिक गोल गर्ने खेलाडी बनिसकेका छन् । दुई वर्षअघि अन्दालुसियन टोलीविरूद्ध ५–१ गोलले विजयी खेलमा ह्याट्रिक गरेपछि मस्स+ले २ सय ५३ गोल पूरा गरेका थिए । जुन बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ता टेल्मो जाराको २ सय ५१ गोलभन्दा माथि थियो । मेसीले ला लिगामा मात्र मेस्सीले ३ सय २० गोल गरिसकेका छन् । खुट्टाको पिडुँलाको नसामा समस्या आएका कारण लामो समय मैदान बाहिर रहेका मेसीले यो सिजन उत्कृष्ट पुनरागमन गरेका छन् । –एजेन्सी

Argentina Football Team football Lionel messi

विशेष