खेल

२०२१ सम्मका लागि रोनाल्डो मड्रिडमै अनुवन्धित

२०२१ सम्मका लागि रोनाल्डो मड्रिडमै अनुवन्धित
ronaldo
कात्तिक–२२ । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले क्लबसँग नयाँ सम्झौता गर्ने भएका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२१ सम्म रियल मड्रिडबाटै खेल्ने छन् । हप्ताको झण्डै ३ लाख ६५ हजार पाउण्ड तलब पाउने रोनाल्डोको अहिलेको सम्झौता भने सन् २०१८ को जुनमा मात्र सकिन्छ । रोनाल्डोले सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा गएका थिए । उनले क्लबका लागि ३ सय ७१ गोल गरिसकेका छन् । रोनाल्डोले रियललाई दुई पटक च्याम्पियन्स लिग तथा एक पटक ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
 

Rolando

विशेष