खेल

म्यानचेस्टर युनाइटेड लयमा फर्किदै

म्यानचेस्टर युनाइटेड लयमा फर्किदै
कात्तिक–२२ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले स्वान्सी सिटीलाई ३–१ ले हराउँदै विजयी भएको हो । यस जितसँगै युनाइटेडले लिगका लगातार चार खेलको जित बिनाको यात्रा अन्त्य गरेको छ । युनाइटेडको जितका लागि इब्राहिमोविचले २ तथा पउल पोग्बाले १ गोल गरे । खेलको १५औँ मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि २१ औँ र ३३ मिनेटमा इब्राहिमोविचले गोल गरेपछि पहिलो हाफमै युनाइटेड ३–० को अग्रतामा रहेको थियो । स्वान्सीका लागि भने ६९ औँ मिनेटमा भान डेर होर्नले सान्तवना गोल फर्काए । जितपछि युनाइटेड ११ खेलबाट १८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्वान्सी सिटी भने ११ खेलबाट ५ अंक जोडेर पुछारबाट दास्रो स्थानमा छ ।
 

football Manchester United

विशेष