खेल

नेपाली भारोत्तोलन खेलाडी जापान प्रस्थान

नेपाली भारोत्तोलन खेलाडी जापान प्रस्थान
कात्तिक–२२ । एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिस्पर्धी २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार च्याम्पियनसिमको लागि जापानको टोकियो प्रस्थान गर्दैछ । नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष र महिला खेलाडीले भाग लिने छन् । प्रकाश केसीले पुरुषको ६२ केजीमा र कमला श्रेष्ठले महिलाको ५८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउनेछिन् । प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम रहेको छ । प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ । कमलाको व्यक्तिगत उच्च प्रदर्शन स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी हो । च्याम्पियनसिपमा ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ ।

Japan nepali var uttolan teeam

विशेष