समाज

दूध बेचेर मासिक एक लाख आम्दानी गर्दै खैरेनीका नीलकण्ठ

दूध बेचेर मासिक एक लाख आम्दानी गर्दै खैरेनीका नीलकण्ठ
कात्तिक २२ । मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले सुरु गरेकाे गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ । उनले दूध बेचेर मासिक एक लाख आम्दानी गर्दै अाएका छन् । ‘खैरेनी कृषि फार्म’ दर्ता गरी विगत सात वर्षदेखि यस व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै अाएका छन् ।उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ । उनकाे गाेठमा अहिले १३ वटा उन्नत जातका गाई रहेका छन् । यस व्यवसायमा दम्पति दिनरात खटिएका छन् । गाईपालन ब्यावसायले उनलाई घर दियाे र जमिन पनि किन्न सक्ने लागत जुटाइदियाे । उनले २० लाख खर्चेर नयाँ चिटिक्ककाे पक्कि घर बनाएका छन् । “सबै विदेश गएर पैसा कमाउने गरेका छन् तपाईं किन जानु भएन नि” भन्ने प्रश्नमा उनले सरल जवाफ दिए - 'आफ्नै देशमा मेहनत गरेर प्रशस्त कमाउन सकिँदोरहेछ किन विदेश जानुपर्यो' तर उनी युवा अवस्थामा भारतीय अार्मीमा भर्ती हुने भारतकाे गाेरखपुर सम्म पुगेकाे सम्झिन्छन् । “एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएको खबर सुनेपछि तुरुन्तै फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ” – उनले विगतलाई सम्झिए । गाईपालन व्यवसायबाट तीन वटा छोरालाई निजी विद्यालयमा पढाएका छन् । उनका ठूलो छोराले स्नातकोत्तर, अर्कोेले बिएस्सी र कान्छो छोरो ९ कक्षामा पढ्दै छन् । कास्कीको सिल्दुजुरे गाउँमा जन्मुनभएका पौडेल आफू मुख र मुठी मात्र लिएर यो ठाउँमा आएको र छोटै समयमा यत्तिको प्रगति गर्न पाएकामा सन्तुष्ट भएको बताए। उनले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा लिएर गाईका लागि घाँसकाे बन्दाेबस्त गरेकाे बताए । सबै छोरालाई स्नातकोत्तरसम्मको उच्च शिक्षा दिने र उनीहरु सरकारी जागिरमा लागेर आत्मनिर्भर नबनेसम्म आफू यस पेसामा निरन्तर लाग्ने उनकाे अठाेट छ ।

Cow farming in Nepal Nilkantha Paudel Pokhara

विशेष