देश

हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु
कात्तिक - २२ । जङ्गली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनलाई घरनजिकैको चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ। त्यस्तै उनीसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान हात्तीको आक्रमणमा परी घाइते भएका छन्। हात्तीको आक्रमणमा परी उनको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Elephant Attracted in jhapa

विशेष