समाज

माओवादीका पूर्वलडाकूद्वारा पेरिस डाँडास्थित पार्टी कार्यालयमा तालाबन्दी

माओवादीका पूर्वलडाकूद्वारा पेरिस डाँडास्थित पार्टी कार्यालयमा तालाबन्दी
कात्तिक – २२ । मााअ‍ेवादी पूर्वलडाकू बहिर्गमित लडाकूहरुले पेरिस डाँडा घेराऊ गरेका छन् । दिउँसो अपरह्न साडे बाह्र बजेबाट पूर्व लडाकुहरुले पेरिस डाँडा घेराउ गरेका हुन् । विभिन्न मागहरु राख्दै उनीहरुले सोमबार माओवादी केन्द्रको कार्यालय ताला बन्दी गरेका छन् । संयुक्त राष्ट्र संघीय मिसन अनमिनको रोहबरमा २०६६ साल माघ महिनामा ४ अजार ९ जनाको संख्यामा रहेका बाल सैनिकलाई अयोग्यको घोषणा गरिएको थियो । बाल सैनिकमाथि सरकारले लगाएको अयोग्य पदवाली फिर्ता गरेर गणतन्त्रका योद्धा घोषणा गरियोस भन्ने उनीहरुको माग रहेको बहिर्गमित पूर्वलडाकू संघका अध्यक्ष लेलिन बिष्टले बताए । त्यस्तैगरि पक्राउ परेका बहिर्गमित जनसेनालाई तत्कालबिना सर्त रिहा गरियोस भन्ने उनीहरुको अर्काे माग रहेको छ । यसका साथै घाइते, मानसिक रुपमा बिमारी र आघातमा परेका अशक्तहरुाई सरकारले तत्काल औषधी उपचार, मनोवैज्ञानिक परामर्श तथा विशष सहयोग कार्यक्रम तत्काल सुरु गरियोस भन्नेजस्ता मागहरु राख्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । बाल्य अवस्थामा लडाइमा होमाएर अहिले अयोग्य साबित गरिदिएको र पूर्वलडाकुहरुको जीवन अहिलेसम्म पनि अस्त व्यस्त बनाउनमा माओवादी नै जिम्मेवार भएको हुँदा उनीहरुले माओवादी केन्द्रमा ताला लगाएका उनको भनाइ छ ।

Maobadi Party karyalay Perishdada

विशेष