खेल

आउनुहोस् डण्डी बियो खेलौँ, यस्ता छन् नियम

आउनुहोस् डण्डी बियो खेलौँ, यस्ता छन् नियम
dandibiyo-game
हरेक देशको एक राष्ट्रिय खेल हुन्छ । राष्ट्रिय खेलबिनाको देश अलि अनौठो मानिन्छ । हाम्रै छिमेकी राष्ट्र भारतको राष्ट्रिय खेल हकी हो र चीनको टेबल टेनिस । नेपालको पनि राष्ट्रिय खेल त छ तर चर्चा छैन । अहिले त झन् नेपालको राष्ट्रिय खेल के हो भनेर सोध्यो भने झगडा नै पर्दछ । कसैले कबड्डी भन्छन् त कसैले डन्डी बियो । वास्तवमा नेपालको राष्ट्रिय खेल डन्डी बियो हो ? हुन त यो खेल आधिकारिक होइन तर नेपालमा यही खेललाई राष्ट्रिय खेल नै मानिन्छ । नेपालको ग्रामीण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको खेल छ । यो यस प्रकारको खेल हो जसको आफ्नै पृथक अस्तित्व रहेपनि हामी नेपाली कसैलाई यसको यसको महत्वको बारेमा ज्ञान छैन । प्रविधिको युगमा बालबालिका भिडियो गेम मै रमाउँछन् । बाहिर मैदानमा खेल खेले पनि क्रिकेट, फुटबल जस्ता विदेशी खेलमा मात्र रमाउन चाहन्छन् नेपाली बालबालिका । अबका बालबालिकाले त डन्डी बियो कस्तो हुन्छ र कसरी खेल्ने भनेर प्रश्न गर्न पनि सक्लान् । किनकि आफैमा रोमान्चकारी खेल भएपनि यसको लोकप्रियता भने खस्कदो छ । कुनै निश्चित सिमाना र पेरिमिटर आवश्यक नभएको यो खेल गोठालो जाँदा समय कटाउने सामान्य खेलको रुपमा सीमित भएको छ । त्यति मात्र होइन अहिले त झन् ग्रामिण परिवेशमा समेत यस खेलले आफ्नो स्थान सुदृढ गर्न सकेको छैन । तसर्थ यस खेलको वर्तमान अवस्थानिकै नाजुक रहेको छ । यो खेललाई त्यसै भने राष्ट्रिय खेल बनाइएको होइन । देशका कैयौँ क्षेत्रमा यो खेलकाकुनै बेलानिकै चर्चित र सबैभन्दा बढी खेल्ने भएको कारण बनाइएको थियो । आखिर यो खेल कसरी खेलिन्छ र खेल्नको लागि के–के को आवश्यकता छ भन्ने बारे पनि केहीचर्चा गरौँ । निश्चित सिमाना र पेरिमिटरको आवश्यक पर्दैन, कुनै पनिखुला क्षेत्रमा खेल्न सकिन्छ । परम्परागत रुपमा खेलिने डन्डी बियो खेलमा करिब दुई फिट लामो काठको डन्डी र ६ इन्चलामो काठकै बियोको प्रयोग गरिन्छ । दुवैतिरको छेउमा तिखो पारेर बियो बनाइएको हुन्छ । डन्डी बियो खेल दुई समूह बनाएर खेल्ने गरिन्छ । यो खेल झण्डै झण्डै क्रिकेट जस्तो छ । क्रिकेट ब्याटले बललाई जति सक्दो टाढा फाले जस्तै यसमा डन्डीले बियोलाई फ्याक्नु पर्छ । र बल हावामै समात्दा ब्याट्सम्यान आउट भए जस्तै यसमा पनि बियो हान्ने व्यक्ति खेल बाट बाहिरिन्छ । यो खेलमा पनि क्रिकेटमा जस्तै डन्डी पहिले कसले समात्ने भन्ने निर्णय गरिन्छ । निर्णय गर्दा डन्डीले बियोलाई हावामा जति पटक सक्यो त्यति पटक हानिन्छ र सबैभन्दा धेरै गर्न सक्नेले पहिले बियोलाई प्रहार गर्छ । क्रिकेटसँग दाँजेर हेर्दा यति नियमहरु करिब करिब मिल्न जान्छ । तर डन्डी बियो खेल्न सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्डोमा तेर्सो पारेर राखिन्छ । यसरी खेल्दा खाल्डो (खोपी)देखि बियोलाई प्रहार गरेपछिको अन्तिम स्थानको दुरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्छ । एको, दुबो, तिबो, झारो, भाँचो, छैमल, सिठी, पिरे भन्दै १ पिरेसम्म गणना गरिन्छ । एक पिरे पुगेपछि आफ्नो अंक गणना सम्झिनको लागि एउटा ढुङ्गा प्रयोग गर्ने गरिन्छ ।
यसका साथै बियो प्रहार गर्ने खेलाडीलाई खेल बाहिर पठाउन विपक्षी खेलाडीले यी कोसिस पनि गर्ने गर्छन् ः १. डन्डी खेलाडीले खोपीबाट फ्याँकेको बियो समात्ने प्रयास गर्दछ । विपक्षी खेलाडीले बियो भुँइमा नझर्दै समातेमा डन्डीबाट प्रहार गर्ने खेलाडी बाहिरिन्छ । २. खोपीमा तेर्साइएको वा खोपी अगाडि रहेको प्वालमा ठाडो पारी राखिएको डन्डीलाई बियोले हिर्काएर प्रहार गर्ने खेलाडीलाई बाहिर्याउने प्रयास गरिन्छ । ३. बियो प्रहार गर्ने खेलाडीले रन लिँदा विपक्षी खेलाडीले बियो एक आपसमा पास गरेर सकेसम्म डन्डी खेलाडीलाई सुरक्षित क्षेत्रमा नपुग्दै आउट पार्ने प्रयास गरिन्छ ।
बियो प्रहार गर्ने खेलाडीले पनि जित निकाल्न केही यस्ता प्रयास गर्ने गर्छन् ः १. बियो खेलाडीलाई बियो हुत्याउँदाझुक्याएर फाल्ने ताकिविपक्षी समूहको खेलाडीले सजिलै बियो समात्न नसकोस् । २. सकेसम्म धेरै पटक ठ्याक लगाउने प्रयास गर्ने । एक पटकमा बढीमा आठ ठ्याक मात्रको गणना हुन्छ । ठ्याक लगाउँदा खेल मैदानको परिधिभित्र रहेर मात्र लगाउन गर्दछन् र अन्त्यमा बियोलाई टाउको भन्दा तलबाट सकेसम्म टाढाको दूरीसम्म पुग्ने गरी हिर्काउँदछन् । ३. दोस्रो खेल क्षेत्रदेखि सातौ (सानो मैदानमा छैठौ) खेल क्षेत्रसम्मको क्षेत्रलाई डन्डी खेलाडीको खेल क्षेत्र मानिन्छ । खेल क्षेत्र बाहिर हुत्याउने खण्डमा अन्तिम ठूलो आर्कभन्दा बाहिरसम्म हुत्याउने गर्दछन् । ४. बियो समूहको खेल क्षेत्र तोकिएको भी आकारमा बनेको कोणको सुरुदेखि अन्तिम आर्कभित्रको क्षेत्र र बियो फ्याक्ने क्षेत्रसमेत रहनेछ । यो खेल खेल्न सजिलो भएता पनि सावधानी भने अपनाउन जरुरी छ अन्यथा बियोको तिखो भागले आँखा जस्ता संवेदनशील अंगमा चेट लाग्दा लाग्दा ठूलो दुर्घटना निम्तिन सक्दछ ।
प्रस्तुति : विश्व रिमाल

Dandi-biyo Game

विशेष