समाज

सरकारले १४ म्यानपावरलाई १४ लाख रुपैयाँ जरिवाना गर्ने

सरकारले १४ म्यानपावरलाई १४ लाख रुपैयाँ जरिवाना गर्ने
काठमाडौ–  १४ म्यानपावर कम्पनीलाई सरकारले १४ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार विभागले गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ठगी गर्ने म्यानपावरलाई कारवाही गरेको हो । विभागले रोजगारीका सिलसिलामा विदेश पठाएर कामदारलाई दुख दिएको भन्दै कारवाही गरको जनाएको छ । यस्तै, सो आवमा ३७ करोड रुपैयाँ वरावरको ठगी रकमका लागि २ सय २६ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । यस्तै, विभागले १० करो ३६ लाख रुपैयाँ ठगीएको रकम सम्वन्धित पीडितलाई उलपव्ध गाइदिएको छ । विभागका अनुसार करिव ५ सय जनाको यो रकम उठायएको हो । यसतै, सो आवमा म्यानपावर कम्पनीवाट ७ सय र व्यक्तिगत दलालवाट एक हजार ४ सय गरि २ हजार १ सय ७२ जना व्यक्ति रोजगारीका नाममा ठगीमा परेका थिए । त्यस आवमा कुल ६९ करोड ५० लाख ९६ हजार रुपैयाँ वरावारको ठगी रकम दावी भएको थियो ।

Baideshik Rojbar Bibhag manpower

विशेष