समाज

खाजा खर्चबारे मन्त्रिपरिषद्को कार्यालयद्वारा स्पष्टिकरण

खाजा खर्चबारे मन्त्रिपरिषद्को कार्यालयद्वारा स्पष्टिकरण
कात्तिक - २२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले वेबसाइटमा राखेको खाजा खर्चबापतको सात लाख गत साउनदेखि हालसम्मको भएको स्पष्ट पारेको छ । साथै, सो रकम प्रधानमन्त्रीको मात्र नभई निजामती सेवा दिवससम्बन्धी बैठक, मन्त्रिपरिषद् बैठक, भौतिक पूर्वाधार विस्तारसम्बन्धी बैठकलगायत साप्ताहिक र अपर्झट रुपमा बस्ने बैठकको समेत खर्च भएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यालयका प्रवक्ता दामोदर रेग्मीले आज एक विज्ञप्ति जारी गरी जनसाधारणमा भ्रम पैदा हुने यस किसिमका गलत सन्देश प्रवाह नगरिदिन अनुरोध पनि गरेका छन्।

Mantiri parisad

विशेष