समाज

न्यायाधीश नियुक्तिमा पचास प्रतिशत बारको प्रतिनिधित्व माग

न्यायाधीश नियुक्तिमा पचास प्रतिशत बारको प्रतिनिधित्व माग
कात्तिक - २२ । न्याय परिषद्को आजको बैठकमा न्यायाधीशको नियुक्तिका विषयमा छलफल भएको छ । बैठकमा न्यायाधीश नियुक्तिका विषयमा आवश्यक अध्ययन गर्ने विषयमा छलफल भएको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय र सदस्य रामप्रसाद सिटौला बैठकमा सहभागी थिए । न्यायाधीश नियुक्तिका विषयमा आजै नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश कार्कीसँग भेटी ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग राखेको थियो ।

Nepal Bar Association

विशेष