समाज

सुदूरपश्चिमबाट गिद्द लोप हुँदै

सुदूरपश्चिमबाट गिद्द लोप हुँदै
कात्तिक–२२ । कुनैबेला सुदूरपश्चिमका सबैजसो गाउँबस्तीमा जताततै देखिने प्रकृतिको कुचिकार पन्छी गिद्द पछिल्लो समय लोपहुँदै गएको छ । दिनप्रतिदिन बतावरण असन्तुलन हुँदै जानु र गिद्दलाई आवश्यक पर्ने उपयुक्त बासस्थानको कमीले गर्दा लोपहुदै गएको पन्छी विशेषज्ञहरूको भनाई रहेको छ । वातावरणीय प्रदुषणबाट मानव जातीलाई बचाउन सहयोग गर्ने निर्दोष पन्छी गिद्द संरक्षणमा भने कतैबाट खासै पहल भएको देखिदैन । सरकारी तथा गैरसरकारी संघसंस्थाले यस क्षेत्रका केही जिल्लालाई डाईक्लोफेनिक मुक्त क्षेत्र घोषणा गरेपनि घोषणा पश्चत खासै ध्यान नदिदा प्रभावकारी भएको देखिदैन । गिद्दको प्रमुख आहारका रुपमा रहेको पशुचौपयाको सिनोमा मानवद्वारा कीटनासक औषधि प्रयोग गर्दा गिद्द लोपहुनुको प्रमुख कारण मानिएतापनि वन विनाससंगै ठूला जातका रुखमा कमी हुनु, पर्यावरणमा असर आउनु लगायतका कारणबाट गिद्द लोपोन्मुख भइरहेको बताईन्छ । नेपाल सरकारले गिद्द संरक्षणकालागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताएपनि तराई केन्द्रीत रहेको पहाडी क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । हालै गरिएको राष्ट्रिय गिद्द सर्भेक्षण अनुसार नेपालमा वर्षेनी १४ प्रतिशतले गिद्दको संख्या घटिरहेको देखाएको छ । तरपनि प्रकृतिको कुचिकारका रुपमा नामाकरण गरिएको गिद्दको संरक्षणमा सरकारी प्रयासले मात्र संभव नपाइएकोले गिद्दको महत्व र संरक्षणका बारेमा स्थानीय बासिन्दामा सचेत जानकारी नभएसम्म संभव नहुने देखिन्छ ।

Vulture in nepal

विशेष