प्रवास

अमेरिकामा नेपाली विद्यार्थीको कमाल, शोकाकुल परिवारलाई एकै दिनमा ६० लाख सहयोग

image नेप्लिज स्टुडेन्ट एसोशिएसनले कार दुर्घटनामा परिवारका चार सदस्य गुमाएका दाजुभाइ समिर र सुवास खनालको सहयोगार्थ थालेको अभियान गोफण्डमा ट्रण्डिङ भएको छ । झण्डै ४५ लाख नेपाली रुपैया संकलन गर्ने लक्ष्य सहित थालिएको सहयोग अभियानले एकै दिनमा लक्ष्यभन्दा धेरै उपलब्धी हाशिल गरेको छ । २२ घण्टामा झण्डै ६० लाख रुपैयाँ संकलन भइसकेको छ । अमेरिकामाको जर्जिया विश्वविद्यालयमा बिद्याबारिधि गरिरहेका समिर र आवसिय चिकित्सक रहेका सुवासले जर्जियाको एटलान्टामा नोभेम्बर ४ मा भएको कार दुर्घटनामा बुबा आमा, श्रीमती (सुवास) र प्रेमिका (समिर) गरी चार सदस्यलाई गुमाएका थिए । कारको अगाडि बसेका उनीहरु मुस्किलले बाँचेका थिए । समिर दाजुभाइ अहिले सघन कक्षमा उपचाररत छन् । अनलाइन सहयोग अभियानमा सहयोगदाताको संख्या बृद्धि भइरहेको छ । सहयोग रकम अनुमानभन्दा निकै बढी उठ्ने अपेक्षा गरिएको छ । सहयोगको यो क्रमलाई नेपाली समुदायले मर्दा र पर्दाका हामी नेपाली भन्ने सन्देशका रुपमा अर्थाएको छ । संकलित रकम मृतकको दाहसंस्कार, खनाल दाजुभाइको उपचार र भरणपोषणमा खर्च हुने गोफण्डमा उल्लेख छ । तपाईपनि यो लिंकमा गइ सहयोग गर्न सक्नुहुन्छ ।

Donation Nepalese Student In US

विशेष