विचार समाज

तरकारीवालीका नाममा एक शिक्षकको यो मार्मीक खुला पत्र

तरकारीवालीका नाममा एक शिक्षकको यो मार्मीक खुला पत्र

तरकारीवाली कुसम, एउटा शिक्षकाको तर्फबाट विद्यार्थीको रुपमा यो पत्र लेखिरहेको छु ।

tarkariwaliसामाजिक सञ्जाल फेसबुकबाट आम सञ्चार माध्यममा तिम्रो नाम र अनुहार प्रकाशित भएपछि तिम्रो बारेमा मैले पनि केही सोच्न थाले । धेरै अनलाइन खबरहरुमा तिमीलाई फिल्म खेल्ने अबसर र तिमीले अबसर पाए मोडल बन्ने कुरा गरेपछि झन सोचे । केही दिन अघि यो धर्तीको कुन कुनमा छे भन्ने कुसुम एकाएक चर्चामा आएपछि तिमीमा एकाएक विचार बदलिएको हुन सक्छ । वा कसैले तिमीलाई उचालिरहेको पनि हुन सक्छ ।

तिमी आफैं सोच, तिमीजस्तो डोकामा तरकारी बोकेर बजार पुर्याउने कति नेपाली किसानका छोरी छन् । तर सिंगो देशकी एउटै तरकारीवाली भएकी छ्यौं तिमी किन ? जवाफ खोज आफै भित्र ।

तिमी नायिका भइसकेकी छ्यौ । तिमी आफ्नो जुन पहिचानले चर्चामा आऔं यो पहिचान तिमी जे थियौं त्यही नै थियो । कसैले तिम्रो अनुहार हेरेर यति राम्री केटीले पनि तरकारीको डोको बोक्न सक्छे भने होलान , कतिले नर्सिङ् पढ्ने केटीले तरकारी बोकेकी यसले जस्तो अभिनय पनि गर्न पनि खोजे होलान् । क्यामेरावाला रुपचन्द्रले खै के भनेर तिम्रोफोटो खिचे उनै जानुन् ।

क्यामेरा भित्र तिम्रो तस्बिर एउटा तरकारीवाली केटीको तस्बिर हो । हाल सञ्चारमाध्यममा आएको तिम्रो तस्बिर पनि एउटा तरकारीवाली केटीको तस्बिर बाहेक केहि पनि होइन । तिम्रो अन्तर्वार्ता पनि सुने । त्सपछि तिमीलाई म अझ फरक तरिकाले सोच्न र बुझ्न बाध्य हुन थालेको छु । तिमी मेरा लागि एउटा पुस्तकजस्तै भएकी छौं । तीमी जस्ता धेरै विद्यार्थीहरुलाई मैले पढाइरहेको छु अहिले पनि । अहिले तिमीलाई पढिरहेको छु ।

सायद अन्तर्वार्तामा आउँदा तिमीले जुन कुर्ता–सुरुवाल लगाएकी थियौं, तरकारीको डोको बोक्दा पनि त्यहि लगाएकी थियौं । अन्तर्वार्तामा तिम्रो हाउभाउ देख्दा र सुन्दा तिमी अत्यन्त सरल मान्छे जस्तो लाग्यो । आफु मोडेल बनेर आफ्नो अलग पहिचान बनाउछु भनेर तिमीले आफैलाई ढाँटेको जस्तो लाग्यो वा अरु कसैको बहकाउमा लागेजस्तो लाग्यो । तिमी मेरा लागि आम मानिसले तरकारीवाली केटी होइनौं । अनेक कलाकर्मीले भनेजस्तै कुनै मोडल वा नायिका बन्ने सम्भावना बोकेकी केटी पनि होइनौं । सिर्फ तिमी अहिलेको विद्यार्थी पुस्तामा एक असल, मेहनती र योग्य विद्यार्थी हौं । तिमी विदामा घर गएकोबेला समेत तरकारीको डोको बोकेर बजार जाने तिमीभित्रको यो पारिवारिक जिम्मेवारीबोधलाई हार्दिक सम्मान गर्छु ।

कुसुम देशमा कुनै मोडको आवश्यकता छैन । देशलाई तिमीजस्तो कुनै सिनेमाभन्दा फरक वास्तविक नायिका चाहिएको छ । लाखौं युवालाई निसंकोच आफ्नो काम र पारिवारिक जिम्मेवारीलाई आत्मसात् गर्दे आफ्नो लक्ष्य प्राप्तिका लागि हिँड्न प्रेरित गर्ने नायिका चाहिएको छ । कामले मानिसलाई कहिल्यै सानो बनाउँदैन, पिठियुमा बोकेको डोकोले अनुहार विगार्देन, निधारमा लगाएको नाम्लोले मान्छेको भाग्य थिच्दैन, तिमी वास्तविक जीवनमै नायिका छौ, किन फिल्मकी हिरोइन बन्नु पर्यो । तिमी आफैमा एउटा नमुना केटी हौ, किन अरुले मोडल बनाउनु पर्यो ?

तिमी जुन बाटोमा छ्यौ, सहि बाटोमा छ्यौ । अहिले तिम्राअघि जे जस्ता अवसर आएका छन्, ती फगत हुन् केही पनि होइनन् । तिमीजस्ता मिहेनती र कर्मशील मान्छेलाई अवसरले फछ्याइरहन्छन् । चन्द्रमा ताकेर हिँड्, जुनकिरीको तिरमिरे उज्यालोमा आफूलाई भुलाउने गल्ती नगर ।

कृष्णप्रसाद शर्मा कान्तिपुर

Kusum Shrestha Tarkariwali

विशेष