स्वास्थ्य

स्तन क्यान्सर लागे नलागेको यसरी पत्ता लाग्छ

स्तन क्यान्सर लागे नलागेको यसरी पत्ता लाग्छ
कात्तिक २३ । महिलालाई सबैभन्दा बढी पाठेघरको क्यान्सर लाग्छ । पाठेघरको क्यान्सर जस्तै स्तन क्यान्सर पनि धेरैमा देखिन्छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठका अनुसार स्तनमा दूध बनाउने ग्रन्थी, दूध ग्रन्थीबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा वरिपरिका भाग, रेसीय तन्तु एवं बोसो हुन्छ । स्तनका कोषहरूमा असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गइ गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ । डाक्टर श्रेष्ठका अनुसार नेपालमा वर्षेनी एक लाखमा झण्डै २२ जनामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुन्छ । महिलामा हुने क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरका कारणले हुने गर्दछ ।
यसकारण हुन्छ क्यान्सर
‘हलीउड अभिनेत्री एन्जेलिना जोलीको आमालाई स्तन क्यान्सर भएको थियो । त्यसको असर एन्जेलिनालाई पनि देखियो । बशांनुगत गुणको कारणले पनि क्यान्सर हुन्छ ।’ डाक्टर श्रेष्ठले बताए । श्रेष्ठको अनुसार ५० वर्षभन्दा माथिका, आनुवंशिक खराबी भएका, ३५ वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महिनावारी सुरू भएकाहरुलाई क्यान्सरको उच्च जाखिम हुन्छ । मोटोपना भएका, अधिक वा लामो समयदेखि इस्ट्रोजेन (तान्ने औषधी) सेवन गरेका, अधिक धूम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलामाहरुमा स्तन क्यान्सरको जोखिम बढी हुने डाक्टर श्रेष्ठ बताउँछन् । श्रेष्ठको अनुसार विवाहित महिलालाई मात्रै स्तन क्यान्सर हुने होइन । विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएहरुलाई पनि स्तन क्यान्सर हुने श्रेष्ठ बताउँछन् ।
स्तन क्यान्सरका लक्षण
डाक्टर श्रेष्ठको अनुसार स्तनमा गिर्खा आउनु, स्तनको आकारमा परिवर्तन हुनु स्तन क्यान्सरको लक्षण हो । यस्तो देखिएमा तुरुन्त उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ । डाक्टर श्रेष्ठ भन्छन ‘मुन्टाबाट रगत वा पीप बग्छ, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिन्छ, स्तनको मुन्टा भित्र धसिन्छ भने त्यो निश्चित रुपमा स्तन क्यान्सर हो ।’ स्तन क्यान्सर निश्चित भएपछि क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया गर्नुपर्छ । उनी भन्छन‘ बिरामीलाइ रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी गर्नुपर्छ । बेलैमा उपचार पाए क्यान्सरको तेस्रा स्टेजसम्मको बिरामी बाँच्न सक्छ । त्यसको उपचार नेपालमै सम्भव छ ।’ डाक्टर श्रेष्ठका अनुसार क्यान्सर पीडित बिरामीले धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने गर्नुपर्छ , तौल नियन्त्रण गर्नुपर्छ । प्रांगारिक फलफूल सागसब्जी र रेसादार खानाले क्यान्सरले दिने पीडा कम हुन्छ ।
प्रस्तुतिः सागर बुढाथोकी
 

brest cancer female mahilama brest cancer

विशेष