समाज

अल्ट्रा धावक सञ्जय उल्टो दौडेर काठमाडौंबाट दोलालघाट पुग्ने

अल्ट्रा धावक सञ्जय उल्टो दौडेर काठमाडौंबाट दोलालघाट पुग्ने
sanjaya कात्तिक २३ – लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौदेखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् ।

अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर आरोहण गरेको २ वर्ष पुगेको अवसरमा उनले २२ नोभेम्बरमा दशरथ रंगशालाबाट उल्टो पैदल दौड गर्ने घोषणा गरेका हुन् । उल्टो दौडको घोषणा गर्दै संजयले आफूले नेपाललाई विश्वसामू चिनाउन यस्तो अनौँठो कार्य गर्न लागेको बताए ।

मंगलबार काठमाडौँमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मान्छे उल्टो हिँडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुरा प्रमाणित गर्न मैले यो निर्णय लिएको हुँ । मलाई थाहा छ यो निकै कठिन कार्य हो तर, म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण विश्वस्थ छुँ ।’ साथै उनले साहसिक  पर्यटनलाई टेवा पुर्याउने उद्धेश्य राखेको उल्लेख गरे । संजयले नेपालबाट उल्टो दौडको सुरुवात भएको सन्देश विश्वसामू पुर्याउँदै आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्ने बताए ।

उनले भने, ‘भविष्यमा उल्टो दौड आयोजना गरी वर्ल्ड च्याम्पियन्सीप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने छु । मलाई थाहा छ यस कार्यलाई संसारले अनौँठो रुपमा हेर्नेछ ।’ उनले २२ नोवेम्बेर २०१४ मा अस्ट्रेलियाको सर्वोच्च शिखर ५ घण्टा २७ मिनेटमा सफलतापूर्वक उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिँडेर अफ्रीकाको सर्वोच्च शिखर आरोहण गरेका थिए । संजयले सवोच्च शिखर सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु, जापानको फुजी, तान्जानियाको मेरु, यूरोपको सर्वोच्च शिखर एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पूर्वक आरोहण सम्पन्न गरिसकेका छन् ।

उनले काठमाडौ –खासा, खासा –काठमाडौँ, जिरी– काठमाडौँ –गोर्खा, प्युठान –काठमाडौ, लुक्ला– आइलैंड पिक, दाङ प्युठान गरी दर्जनौ लामो दुरीका दौडहरुको अनुभव लिँदै २४९५ किमि लामो दौड दौडी सकेका छन् । त्यसैगरी तेन्जिंग हिलारी म्याराथोंन, मनास्लु अल्ट्रा २१३ किमि, काठमाडौ अन्तर्राष्ट्रिय म्याराथोंन, रियल अन्तर्राष्ट्रिय म्याराथोंन, कस्पोक म्याराथोंन, इन्वेसमेन्ट बैंक म्याराथोंन लगायत अन्य प्रतिस्पर्धामा संजयले भाग लिसकेका छन् ।

उनको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिव तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ । उनी यसै बर्षको अन्त्यसम्म अन्टार्टिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा छन् ।

विशेष