भारतीय प्रधानमन्त्री मोदी र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

कात्तिक २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति देउवाले मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।
हैदराबाद हाउसमा भएको भेटवार्तामा देउवा र मोदीबीच संविधान संशोधन, संविधान कार्यान्वयन, मधेस मुद्दा र पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भएको थियो। भेटमा मोदीले सबै पक्षलाई समेटेर संविधान कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् ।
देउवाले असन्तुष्टहरुको माग सम्बोधनका लागि सविधान संशोधनको तयारी भइरहेको बताएका थिए। देउवा पत्नी आरजु राणा देउवासहित भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न नयाँ दिल्लीस्थित हैदरावाद हाउस पुगेका थिए ।
bhet barta
Narendra modi
Sher Bahadur Deuba