दुनियाँलाई जोलीको खुलाशाः मेरो स्तन छैन तरपनि टेन्सन छैन
हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीको बक्षस्थलमा जोकोहीको आँखा ठोकिन्थ्यो । उनले लगाउने लुगाले उनको सुन्दर बक्षस्थल अझ कामुक देखिन्थ्यो । क्यान्सरले पनि उनको उनको स्तनमा आँखा लगायो । जोली आफ्ना दुबै स्तन फाल्न विवश भइन् । जोलीका सामान्य गतिविधिपनि समाचार बन्थे, बन्छन् । तर, जोली असामान्य नियतिको सिकार भएकी थिइन् । उनले स्तन फालेको सन्दर्भ गोप्य राखिन् । प्राकृतिक स्तनको ठाऊमा उनका लागि कृत्रिम स्तन तयार भइसकेको थियो । जोलीले जीबनमा र स्तनमा आएको परिवर्तनका बारेमा दुनियाँ बेखर थियो । गोप्यताको जादुबाट जोलीले सन्तोषको सास फेरिन् । उनी स्तन क्यान्सरबाट मुक्त भइन् । सामान्यप्राय भइसकेको थियो अवस्था । तर, उनले दर्शकलाई सत्यबाट टाढा राख्न चाहिनन् । आफ्नो स्तन नक्कली रहेको सनसनीपूर्ण खुलाशा आफैँले गरिदिइन् । ‘स्तन छैन तरपनि कुनै टेन्सन छैन । जीबन छ, यही काफी छ ।’ उनले भावपूर्ण अभिव्यक्ति दिइन् । ‘जीबनभन्दा ठूलो स्तन होइन, स्तन क्यान्सर लाग्दैमा हरेश खानुपर्दैन ।’ यही सन्देश प्रवाह गर्न उनले वास्तविकता सार्वजनिक गरेकी थिइन् । नभन्दै उनका कारण स्तन क्यान्सरका बारेमा विश्वभर समाचार बन्यो । स्तन क्यान्सरका बारेमा अद्धितिय बहश भयो । स्तन क्यान्सर महिला पुरुष दुबैलाई हुनसक्छ । तर महिलाको तुलनामा पुरुषलाई नगन्य मात्रामा स्तन क्यान्सर लाग्दछ । तसर्थ स्तन क्यान्सर भन्ने बित्तिकै महिलालाई लाग्ने क्यान्सरका रुपमा बुझिन्छ । नेपालमा पनि स्तन क्यान्सरबाट पीडित थुप्रै महिला छन् । पछिल्लो समय एमाले नेत्री शान्ता चौधरीले स्तन क्यान्सरलाई जितेकी छन् । ‘स्तनमा क्यान्सरको कोशिकाहरु देखिनासाथ उपचार गरेको कारण उपाचार जटिल भएन । म क्यान्सरमुक्त छु ।’ शान्ताले भन्छिन् । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर देखिएको खबरसँगै यसका बारेमा नेपाली समाजमा बहश चुलिएको छ । ‘कतै मलाई त छैन ?’ धेरैको मनमा चिसो पसेको हुनसक्छ । किनकी क्यान्सर जसलाई जुनसुकै बेलापनि लाग्न सक्छ । बैलैमा ध्यान नपु¥याएर स्तन क्यान्सरका कारण ज्यानपनि जान्छ । अभिनेत्री जोलीका अनुसार स्तन क्यान्सर कतै आफुलाई लागेको त छैन भनि प्रश्न गर्नु र जाँच गर्नु नै स्तन क्यान्सर फैलिनबाट जोगिने महत्वपूर्ण उपाय हो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सुदिप श्रेष्ठ भन्छन ‘क्यान्सर जीवनको अन्त्य होईन । तेस्रो स्टेजसम्म पहिचान गरेर उपचार गर्न सक्यो भने बाच्न सकिन्छ । यसको उपचार नेपालमै सम्भव छ ।’ angelina jolly breast cancer