मनोरञ्जन

हिलारीलाई म्याडोनाको सप्र्राइज

हिलारीलाई म्याडोनाको सप्र्राइज
कात्तिक - २३ । विश्वविख्यात पप गायिका म्याडोनाले सोमबार साँझ न्युयोर्कको व्यस्त व्यापारिक इलाका म्यानहाट्टनको मुटु(वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी हिलारी क्लिन्टनलाई सर्प्राइज दिएकी छिन् । कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईंकोसम्म नदिई आयोजित उक्त सङ्गीतमय साँझमा उनले ’एक्स्प्रेस योरसेल्फु’, ’डन्ट टेल मि’, ’लाइक अ प्रेयर’ जस्ता लोकप्रिय गीत गाएर श्रोताहरुलाई मक्ख पार्दै हिलारी क्लिन्टनका पक्षमा मत मागिन् । उनको सङ्गीत सुन्न तँछाड्मछाड् गर्दै तत्कालै जम्मा भएका श्रोताहरुको भीडलाई सम्बोधन गर्दै उनले भनिन्, ’हामीले अमेरिकालाई फेरि फेरि महान् बनाइरहनु पर्दैन, बरु अमेरिकी महानतालाई सदैव कायम राख्न हामी सबै एक ढिक्का हुनु जरुरी छ । कसैलाई भेदभाव नराखी सबैलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रपतिलाई जिताउन हामी गइरहेका छौं ।’ अमेरिकी झण्डाको चित्र 'स्टार एण्ड स्ट्रिप' अङिकत ह्याटमा सजिएकी यी गायिकाले आफ्नो प्रस्तुति दिउन्जेल सबै श्रोताहरुले उनलाई घेर्दै झुली झुली सँगसँगै गीत गाए । आधा घण्टासम्म सञ्चालित सो कार्यक्रममा हिलारीका पक्षमा मत माग्दै केही श्रोताले ’एलबिजिटि फर एच’ अङिकत प्लेकार्ड प्रदर्शन गरे । मतदान केन्द्र खुल्नु चौध, पन्ध्र घण्टा बाँकी रहेको यस अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबै जना एक एक भोटलाई महत्व दिँदै आफ्नो पक्षमा पार्ने तीव्र होडबाजीमा लाग्नु भएको पाइन्छ ।

Hillary Clinton madonna

विशेष