'एकसय वर्षसम्म लोडसेडिङ हुन दिदैनाैँ' - उर्जा मन्त्री शर्मा
कार्तिक २३ गते । उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूले एकसय वर्षसम्म उर्जा संकट समाधान गर्ने योजना तर्जुमा गरेको बताए । रिपोर्टर्स क्लव दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा प्रभाकरले जलस्रोतमा विश्वको दोस्रो धनी देशमा लोडसेडिङ हुनु राष्ट्रकै बेइज्जत भएको भन्दै आगामी एकसय वर्षसम्म लोडसेडिङ नहुने गरी योजना तर्जुमा गरिएको दाबी गरे ।
‘म मन्त्री भएपछि एकसय वर्षसम्म उर्जा संकटको समाधान हुनेगरी ३७ बुँदे योजना ल्याएको छु’, मन्त्री शर्माले भने, ‘त्यो कार्यान्वयन भयो भने नेपालमा ५० देखि १ सय वर्षसम्म लोडसेडिङ हुँदैन ।’ आफ्नै योजनामा काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै उहाँले नेतृत्वको इच्छाशक्ति भए परिवर्तन सम्भव छ भन्ने कुराको पुष्टि आफूले गरेको बताए ।
Janardan Sharma
urja mantri