समाज

प्रधानमन्त्री प्रचण्डलाई खोटाङबासीले दिए लठ्ठी उपहार

प्रधानमन्त्री प्रचण्डलाई खोटाङबासीले दिए लठ्ठी उपहार
कात्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विभिन्न आयोजनाको निरीक्षण भ्रमणमा निस्किए । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसहित दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना निरीक्षण गरे । त्यसक्रममा उनलाई लामाबगरबासीले ज्ञापन पत्र बुझाएका छन् । आयोजना निर्माण कम्पनीसँग सुरुङ खन्ने उपकरण पनि भएको भन्दै लामावगरबासीले ५ किलोमिटर सुरुङ खने चीनसँग जोडिन्छ भनेर विन्तीपत्र हालेका छन् । जवाफमा प्रधानमन्त्रीले ‘विन्तिपत्र’ शब्द बदल्न आग्रह गरे । उनले भने, ‘राजा महाराजा हुँदा विन्त्रीपत्र भनियो । जनताकै छोराछोरी प्रधानमन्त्री, मन्त्री भएको बेलामा त ज्ञापन पत्र, ध्यानाकर्षण पत्र भन्ने हो ।’ उनले अघि भने, ‘विन्तिको जमाना गए, मेरो तपाईहरुलाई अनुरोध छ, विन्ति होइन ज्ञापन गर्ने हो ।’ उनले लामाबगरबासीको माग सम्बोधन गर्न सम्भव भएसम्म पहल गर्ने आश्वासन दिएका छन् । लामाबगरपछि प्रधानमन्त्री प्रचण्डसहितको टोली हेलिकोप्टरमार्फत् खोटाङको दिक्तेल पुगेको छ । त्यहाँ प्रधानमन्त्री प्रचण्डलाई जिल्लाबासीको तर्फबाट भन्दै बुढेसकालमा टेक्ने घंगारोको लठ्ठी उपहार दिइएको छ ।

dolakha khotang pm pushpa kamal dahal prachanda

विशेष