समाज

फरक स्वभावका सचिवको सन्देश, 'हाकिमले फोन नउठाए मलाई गर्नुहोला'

फरक स्वभावका सचिवको सन्देश, 'हाकिमले फोन नउठाए मलाई गर्नुहोला'
कात्तिक - २३ । सरकारी कर्मचारी त्यो पनि सिंहदरबारका उनीहरुकोे फुईं बेग्लै हुने गर्छ । अधिकांश कर्मचारी सेवाग्राहीसँग हत्तपत्ति भेट््न मान्दैनन् । महाशाखाको प्रमुख नै भए भने त ती कर्मचारीको शैली अझ बेग्लै हुन्छ । अधिकांश सचिवको नाकमुख समेत सर्वसाधारण जनताले देख्न पाउँदैनन् । तर, मन्त्रालयका एक सचिवको शैलीले भने नयाँ स्वाद दिएको छ । नयाँ स्वाद दिन चाहने सचिव हुन्, भिम उपाध्याय । हालै मात्र सरुवा भएर खानेपानी मन्त्रालयमा पुगेका उनी सामाजिक सञ्जालहरुमा पनि निकै सक्रिय छन् । हर समय उनी जनतासँग प्रत्यक्ष जोडिने प्रयास गर्छन् । सरकारी कर्मचारी भएपनि सरकारी ढिलासुस्तीको खुलेर बिरोध गर्छन । यतीसम्म की उनले सरकार तथा राजनीतिक दलका नेताहरुलाई चुनौती दिन पनि पछि पर्दैनन् ।   यतीबले उनले भनेका छन् ‘हाकिमले फोन नउठाए मलाई फोन गर्नुहोस् ।’ सर्वसाधरणका गुनासाहरुको सम्बोधन गर्न आफू सधैँ तयार भएको उनले बताएका छन् ।     उनको फेसबुक स्टाटस यस्तो छ खानेपानी वितरण ब्रान्च अफिसहरुका नाम तिनका हाकिमका नाम र अफिसको फोन नम्बर यसप्रकार छ । आफ्ना गुनासाहरु यहाँ टिपाउनु होला । फोन उठेन भने त्यो गुनासो मलाई गर्नुहोला ।
bhim-1
उपाध्याय लामो समयदेखि सरकारी सेवामा आवद्ध छन् । सीभिल इन्जीनीयर पढेर सरकारी सेवामा प्रवेश गरेदेखि नै चर्चामा छन् । किनकि उनी विकृती बिसंगतीको बिरुद्धमा सामाजिक सञ्जालमा पोष्ट गर्न बिर्सदैनन् । उनले आफ्नो फेसबुकमा नाम भिम उपाध्याय निजी विचार भनेर राखेका छन् ।
bhim-2
उनी नेपाल ट्रष्टबाट सरुवा भएर खानेपानी तथा सरसफाई मन्त्रालयमा सरुवा भएका छन । खानेपानी मन्त्रालयमा सरुवा भएसंगै उनले खानेपानी मन्त्रायलाई व्यंग्य गर्दै सामाजीक सञ्जालमा पोस्ट गर्न थालेका छन् । यस्तै सन्देश दिइएका सामाजिक सञ्जालमा उनको धेरै नै स्ट्याटसहरु पढ्न सकिन्छ । जसमा धेरै लाइक र रोचक कमेन्टहरुको ओइरो छ । उनले आफ्नो स्ट्याटसमा खानेपानी समस्या र विद्युत समस्याको बारेमा पनि उल्लेख गरेका छन् ।
bhim-6
bhim-9
bhim-4
प्रस्तुति : सागर बुढाथाेकी
 

bhim upadhayay kukl

विशेष