खेल

रोनल्डो २०२१ सम्म रियल मड्रिडमै रहने

रोनल्डो २०२१ सम्म रियल मड्रिडमै रहने
कात्तिक २३ । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै अब रोनाल्डो सन् २०२१ सम्म रियल मड्रिडमै रहनेछन् । रोनाल्डो र रियल मड्रिडका अध्यक्ष परेजबीच सोमबार अबेर पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ सम्झौता अनुसार रोनाल्डोले पहिलेकै जति प्रतिसाता तीन लाख ६५ हजार पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउनेछन् । नयाँ सम्झौता अनुसार ३१ वर्षीय रोनाल्डोको सम्झौता सकिँदा ३६ वर्षका हुनेछन् । सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आए यता रोनाल्डोले ३६० खेलमा ३ सय ७२ गोल गरेका छन् ।

Real Madrid Ronaldo

विशेष