मनोरञ्जन

‘ए मेरो हजुर २’ पछि साम्रगीको तेस्रो डेब्यू आउने पक्का

‘ए मेरो हजुर २’ पछि साम्रगीको तेस्रो डेब्यू आउने पक्का
कात्तिक २३ । पहिलो डेब्यू फिल्मबाटै सुपरहिट नायिकाको सूचिमा पर्न सफल भएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि शिशिर राणाको चलचित्र ‘तिमी सँग’ मा लिड रोलमा देखिने भएकी छिन् । यस चलचित्रमा साम्रागीले नायक आकाश खड्कासँग स्क्रनि सेयर गर्ने भएकी छिन् । हालै भने साम्रगी झरना थापा र सु्निल कुमार थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर २’ को सुटिङमा व्यस्त छिन् । साम्रगीले आफ्नो पहिलो डेब्यू फिल्मबाट नै करिब आधा दर्जनभन्दा धेरै अवार्ड जितिसकेकी छिन् । थोरै समयमा नै चलचित्र ‘ड्रिम्स’ मार्फत साम्रगीले आफ्नो अभिनय र सौन्दर्यबाट धेरै दर्शकको मन जित्न सफल भएकी छिन् ।

ea mero hajur 2 samragya laxmi shah

विशेष