खेल

एएफसी सोलिडारिटी कप फुटबलमा नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

एएफसी सोलिडारिटी कप फुटबलमा नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश
कात्तिक २३ । एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ । समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो । नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् । दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो । खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे । आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ । हारपछि ब्रुनाईका प्रशिक्षकले आफूहरुले यो रिजल्ट अपेक्षा नगरेको बताए । साथै चोटका कारण आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएकाले पनि हार भएको उनले बताएका छन् । नेपालका कप्तान विराज महर्जनले आफ्नो टिमले राम्रो खेलेको भन्दै नजिताप्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।

brunai football nepal semi fianal ma prabesh

विशेष