नेपालका ओली र अमेरिकाका ट्रम्प उस्तै
कात्तिक - २४ । अमेरिकामा डोनाल्ड ट्रम्पको राजनीतिक उदय आकस्मिकरुपमा भयो । कहिल्यै राजनीति नगरेका अर्बपति डोनाल्डलाई रिपब्लिकन पार्टीले उम्मेदवार बनाउँदा धेरै चकित भए । तर, धेरैलाई चकित तुल्याउने त्यही अप्रत्याशित निर्णय नै अन्त्यमा चमत्कारिक साबित भएको छ ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक विरासत फरक छ तर यि दुईको शैली धेरै हिसावमा तुलनायोग्य देखिन्छ । १४ बर्ष जेलजीवन बिताएका ओली र कहिल्यै राजनीति नगरेका व्यापारी ट्रम्पबीचको राजनीतिक समानता भनेको ‘एन्टीकरेन्ट पोलिटिक्स्’ हो । आप्रवासीका विषयमा कडा सुनिन्छन् ट्रम्प । प्रतिष्पर्धी हिलारीले अमेरिकालाई सबैको स्वर्णभूमी भनेर गरेको परिभाषालाई ट्रम्पले इन्कार गरिदिए । मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउनेदेखि गैरकानूनीरुपमा बस्दै आएका आप्रवासीलाई फिर्ता पठाउने लगायतका विषयले उनको छबी आक्रामक र विवादस्पद बनायाे । इस्लाम समुदायका लागि उनी चुनावी मैदानमा सदैव कडा सुनिए । उनलाई धेरैले सन्काहाको अभिव्यक्ति दिए । दुनियाँले हार्ने आँकलन गरे पनि ट्रम्प विश्वको शक्तिशाली राष्ट्रपति बन्न सफल भए ।
ओलीले पनि नेपालमा एन्टी करेन्ट्स पोलिटिक्स गरिरहेका छन् । जातिय पहिचानको भेल लागेको बेला उनले ‘के को पहिचान ? कस्तो पहिचान ?’ भनेर प्रतिप्रश्न गरिरहे । उनले अल्पसंख्यक र आदिवासीजनजाति तथा मधेशीको चित्त दुखाएको बात निरन्तर लागिरह्यो । आप्रवासीका लागि ट्रम्पजस्तै ओली मधेशीको सन्दर्भमा तीखो र तीतो सुनिए, ‘सम्म जमिन जति सबै मधेश भए पहाडको मेरो आँगन पनि मधेश ।’ ट्रम्पले देशलाई विभाजित गरेको र आप्रवासीको चित्त दुखाएको आरोप पनि लाग्यो । यता ओलीलाई अल्पसंख्यकको अपमान गरेको र आन्तरिक एकतालाई खलल पुर्याएको संगिन आरोप लाग्दै आएको छ । ट्रम्पले खुलारुपमा आफ्ना समर्थकलाई उग्र बन्न आग्रह गरे । मञ्चबाटै ‘ठोक्नोस्, केही परे म छु’ भन्नेजस्ता अभिव्यक्ति दिए । यता ओलीका आसपासमा निरन्तर गुण्डाप्रवृत्तिका व्यक्ति छाइरहे । दुनियाँले ओलीको आलोचना गरिरहेपनि ओली बोलिरहे, ‘अघि बढ्नोस्, केही परे म छु ।’ ओली र ट्रम्पको राजनीतिक वर्चश्व उस्तै शैलीमा स्थापित भएको छ । ओली र ट्रम्पले देशको ठूलो तप्कालाई तरंगित पार्ने गरी राष्ट्रियताको मुद्धालाई अघि सारे । ट्रम्पले खाशरुपमा सेतो अर्थात श्वेत राष्ट्रवादलाई केन्द्रमा राखेर नीति बनाएको बताइन्छ । ओलीले खस आर्यलाई केन्द्रमा राखेको भनि टिप्पणी भइरहन्छ । धेरैका नजरमा ट्रम्प अमेरिकाको परमाधिपति हुन लायक थिएनन् । तर, जनताले सोको अख्तियारी सुम्पिए । यता ओलीलाई विपक्षीले मानसिकरुपमा अस्वस्थ घोषणा गरेको विगत छ । टिप्पणी जेसुकै हुन् ओलीको लोकप्रियता लोभलाग्दो छ । ओली आफ्ना विरोध गर्ने विद्धान र संचारमाध्यमको खोइरो खन्न र भित्तामा पुर्याउने गरी टिप्पणी गर्न माहिर छन् । प्रधानमन्त्री हुँदा उनले कथित बुद्धिजिवीभन्दै आफ्नो आलोचनामा आउने टिप्पणीको तेजोवद गरिरहे । यता ट्रम्पपनि सोही शैलीमा प्रस्तुत भए । विश्वकै विस्वसनिय मानिएको टेलिभिजन केवल न्युज नेटवर्क अथार्त सिएनएनलाई उनले क्लिन्टन न्युज नेटवर्कको संज्ञा दिए । ओली समन्वयकारी नेता होइनन् । पार्टीभित्र र बाहिरका विपक्षीलाई गलाउने र मनाउने उनको स्वभाव छ । उनी मिलाउनका लागि हात अघि सार्दैनन्, बरु जेसुकै गर भनेर पिठ्यु फर्काइदिन्छन् । ट्रम्पपनि त्यस्तै देखिन्छन् । उनी आफ्नो जिद्धि छाड्दैनन्, जेसुकै होस् बाल मतलब गर्दैनन् । संविधान निर्माणका बेला लिएको अडान र नाकावन्दीको सन्दर्भमा देखाएको दृढताले ओलीको आरोह गरायो । यता ओबामाको उदारबादी नीतिको विरोध गरेको तथा उग्ररुपमा स्वेत राष्ट्रवादको कुरा गरेकै भरमा ट्रम्पलाई सर्वोच्व पदमा पुर्याएको छ । जे होस, राजनीतिमा राष्ट्रवाद र उग्रता ग्राह्य छ, अमेरिका वा नेपाल नै किन नहोस् भन्ने फेरि पनि प्रष्ट भएको छ । America Donald Trump KP Oli oli ra trump ko samanata ustai xan president priminister
ओलीले ‘सम्म जमिन जति सबै मधेश भए पहाडको मेरो आँगन पनि मधेश ।’ १४ बर्ष जेलजीवन बिताएका ओली र कहिल्यै राजनीति नगरेका व्यापारी ट्रम्पबीचको राजनीतिक समानता भनेको ‘एन्टीकरेन्ट पोलिटिक्स्’ हो । आप्रवासीका विषयमा कडा सुनिन्छन् ट्रम्प ।