समाज

अस्ट्रेलियाको प्रख्यात ग्लोबल अब काठमाडौंमा पनि

अस्ट्रेलियाको प्रख्यात ग्लोबल अब काठमाडौंमा पनि

15046389_1119256434821902_1999448550_nकात्तिक २४ । शैक्षिक परामर्श सेवाको क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल ग्लोबल कन्सल्टले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

ग्लोबलले काठमाडौंको शान्तिनगरमा कार्यालय स्थापना गरेर सेवा शुरु गरेको हो । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक जीतबहादुर पुन, प्याब्सनका महासचिव डिके ढंगाना र नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले संयुक्त रुपमा सो कन्सलटेन्सी गरेका छन् । ग्लोबलले विद्यार्थीलाई गुणस्तरीय र यथार्थ शैक्षिक परामर्श सेवा सुनिश्चित गराउने एकमात्र उद्देश्य लिएको ग्लोबल काठमाडौंका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले बताए ।

अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ग्लोबल पाँच वर्षको अवधिमा नै शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो उत्कृष्ठ पहिचान बनाउन सफल संस्था हो । यस संस्थाले अस्ट्रेलियामा तीन हजारभन्दा बढि विद्यार्थी र स्थायी बसोवासका लागि भिसा प्रक्रियाको सफल परामर्शदाताको रुपमा काम गरेको अनुभव संगालिसकेको छ ।

विशेष