४ वर्ष लगातार ग्यारेथ 'वेल्स'को वर्ष खेलाडी
कात्तिक – २४ । रियल मड्रिड क्लबका लागि खेल्दै आएका वेल्स फुटबलर ग्यारेथ बेल वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । उनी छैटौँ पटक वेल्सको वर्ष खेलाडी घोषित भएका हुन् ।
लगातार चार पटक वर्ष खेलाडी बनेका बेलले वेल्सलाई युरो कप २०१६ को सेमिफाइनलसम्मको यात्राको लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।उनले राष्ट्रलाई मात्र नभई खेलिरहेको क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन समेत भूमिका खेलेका थिए ।
यस्तै स्टोक सिटीबाट खेलिरहेका मिड फिल्डर जो एलनले दुईवटा अवार्ड जितेका छन् । एलनले प्लेअर्स र फ्यानप्लेअर अफ द इयर अवार्ड जितेका हुन् । यसका साथै आर्सनलका मिडफिल्डर आरोन रामसीले वेल्स प्लेअर अफ द टुर्नामेन्ट रहाला रोब्सनकानुले युरो कपमा वेल्जियम विरुद्ध गरेको गोलका लागि वेल्स गोल अफ द टुर्नामेन्ट अवार्ड जिते ।
वेल्सका प्रशिक्षक क्रिस कोले म्यानलाई फुटबल एसोसिएसन अफ वेल्सले विशेष अवार्ड प्रदान गरेको छ । यति मात्र नभई कोले म्यानविश्व फुटबलको प्रशासकीय निकाय फिफाको पुरुष वर्ष प्रशिक्षक क्षेत्रको मनोनयनमा परेका छन् ।
football
gyareth bell wels