जाडोयाममा यसरी राख्नुहोस् शरीरलाई स्वास्थ
सामान्यतः जाडोयामले मानिसमा आलास्यपना ल्याउछ । औसत मानिसहरुलाई जाडोयाममा सिरक ओडेर सुतिरहुँ जस्तो लाग्ने गर्छ । तर, यो बानी विलकुल ठिक भने होइन । जाडोयाममा सिरक ओडेर बस्नु, आगो अगाडि बसेर तातो चिया या कफी पिउनु अधिकांश मानिसहरुको इच्छा हुन्छ । तर, अल्छि भएर बस्नाले स्वास्थमा खराबी ल्याउन सक्छ । त्यसकारण जाडोयाममा स्वस्थ रहने उपाय यस्ता छन् ।
शरीरलाई क्रियाशील राख्ने :
जाडोयाममा अल्छि गर्ने बानीलाई सुधार्न सक्नुपर्छ । विहानीको समयमा व्यायाम गर्ने, हिडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्नेजस्ता काम गरेमा शरीरलाई थप उर्जा मिल्छ । यस्तो गर्नाले रुघाखोकीजस्ता रोगबाट पनि बच्न सकिन्छ ।
खानपानमा विशेष ध्यान दिने ः
जाडो महिनामा सुप, तरकारी, फलफूलजस्ता खाना सकेसम्म नियमित खानाले शरीरलाई उर्जा मिल्छ र रोगप्रतिरोधी क्षमता पनि बढ्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र गेडागुडिको झोल बढि मात्रामा खानुपर्छ ।
वजन बढ्न नदिने ः
तुलनात्मक रुपमा हेर्दा जाडोयाममा शारिरिक व्यायाम कम हुन्छ । त्यस्तैगरि जाडो मौसममा मसालेदार र चिल्लो खानेकुरा धेरैजसो मानिसको रुचिमा पर्छ । त्यसकारण मानिसहरु मोटाउने सम्भावना हुन्छ । मोटाए पनि मानिसले पेटमा बोसो लाग्न दिनुहुन्न किनभने जाडोयाममा लागेको पेटको बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढि हुन्छ ।
पर्याप्त सुत्ने ः
मानिसले पर्याप्त सुत्ने कुरामा कन्जुस्याई गर्नु हुँदैन । यदि पर्याप्त निदाइएन भने शरिर कमजोर हुने, रोग लाग्ने, हुनाले प्रतिदिन सातदेखि आठ घण्टासम्म सुत्नुपर्छ । यदि राम्रोसँग र समयमा निद्रा लाग्दैन भने व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने र क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।
छाला स्वस्थ राख्ने ः
जाडो यामको प्रमुख समस्या भनेकै छाला फुट्ने, ओठ र हात गोडा फुट्ने र सुख्खा हुने हुन् । त्यस्तैगरि जाडोयाममा कम नुहाइने भएकाले लुतोलगायतका एलर्जी छालामा लाग्ने जोखिम हुन्छ । लुतोबाट बच्नका लागि जाडोयामा सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । छाला फुस्रो हुन नदिन र फुट्नबाट बचाउनको लागि म्वाइस्चराइज गर्नुपर्छ ।
पर्याप्त पानी पिउने ः
चिसो बढि हुनाले जाडोमा पानी पिउने रुचि कम हुन्छ । पानी पिउन रुचि भएन भने तरकारीको र दालको झोल बढि मात्रामा पिउनुपर्छ । यस्तो गर्नाले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।
तनावबाट मुक्त हुने ः
तनावले मानसिक मात्र नभएर शारिरिक रोग पनि निम्त्याउँछ । त्यसकारण मानिसले तनावरहित जीवन बिताउन सिक्नुपर्छ । तनाव कम गर्नका लागि योग गर्ने, मनमा कुरा नखलाउने, सबैको भलो सोच्ने गर्नुपर्छ ।
रक्तसञ्चाराई सुचारु राख्ने :
जाडोयाममा रगत जमेर राम्ररी सञ्चार हुन पाइरहेको हुँदैन । रगत रामोसँग सञ्चार हुन पाएन भने यसले शरीरमा हानी पुर्याउँछ । रगत जमेपछि हातगोडा चिसो हुने हुन्छ । यसलाई रोक्नका लागि व्यायाम गर्ने, हिडडूल गर्ने, बसेर गर्ने काम छ भने बेला बेलामा उठेर हिँड्ने, र चिसो हुन नदिनका लागि मोजा पञ्जा लगाउने गर्नुपर्छ ।
तातो पानी पिउने ः
जाडो महिनामा सकेसम्म तातो पानी पिउने बानी बसाल्दा राम्रो हुन्छ । तातो पानी पिउनाले रुघाखोकी लाग्दैन, कफ जम्दैन ।
रुघाखाकी लागेका मानिसबाट टाढै रहने :
रुघाखोकी सर्ने रोग भएकाले यस्ता रोग लागेका व्यक्तिबाट टाढै रहनुपर्छ । यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्न सक्नुपर्छ ।
jajdi mausam ma winter ko prayog
winter