मनोरञ्जन

बियरको सुनामी आएको त्यो समय

बियरको सुनामी आएको त्यो समय
समुद्रमा विभिन्न कारणले आएको सुनामीको बारेमा सुनेका छौँ । समाचारमा पढ्दा वा भिडियोमा हेर्दा निकै भयानक हुन्छ र ठूलो मात्रामा धन जनको क्षति गर्दछ । तर समुद्रको सुनामीको छाल जसरी बियरको सुनामी उर्लिएर आउला? त्यसरी आउन बियर आफैँ श्रोत पनिहोइन । तर साँच्चै आए त पिउनेलाई त माला माल होला, बियरको छालमा लहरिँदै सोमरस पान गर्न पाइने भएपछि के चाहियो र ? बियरको सुनामी आउने कुरा गर्दा कसैलाई ब्याङ्ग्य गर्न वा रमाइलोको लागि हुन सक्छ । तर यो कुरा झुठो होइन । यो बेलायतको घटना हो जहाँ बियरको सुनामी नै आएको थियो । सन् १८१४ को अक्टोबर १७मा लण्डनमा १५ फिटसम्मको अग्लो बियरको छालले आसपासको क्षेत्र तहसनहस पारे केही व्यक्तिको ज्यान समेत लिएको थियो । सो दिन लण्डनको सडकमा १४ लाख ७० हजार लिटर बियर बगेको थियो । एउटा बियर कारखानामा भएको दुर्घटना पछि यति ठूलो परिमाणमा बियर पोखिएर सडकमा बग्दा सुनामी नै आएको थियो । लण्डनको सेन्ट जायल्समा रहेको बियर उत्पादक कम्पनी द हर्स शू ब्रअरीको कारखानामा २२ फिट अग्लो काठको बियर राख्ने ट्यांकी थियो । उक्त बियर ट्यांकीको किला खुस्किएसँगै त्यसमा रहेको ३५ हजार ब्यारल तातो बियर पोखियो । बियरले कारखाना भत्काउँदा कारखानामा आगालागी भयो र अरु बियर ट्यांकीमा पनि विस्फोट भयो । विस्फोट यदि भयानक थियो की कारखाना ध्वस्त पार्दै बाहिर निस्किएको तातो बियरको सुनामीका कारण लण्डनका सडकमा १५ फिट सम्म अग्लो छाल उठ्यो । बियरको त्यो सुनामीले एक बालिका सहित ८ जनाको ज्यान लिएको थियो । कैयौँ घरहरु बियरले बगाएको थियो । यति ठूलो घटनाबाट लण्डनलाई बियर उत्पादन र बसोबासमा ठूलो क्षतिभयो त्यसका साथै उक्त दुर्घटनाबाट बाहिरिन केही महिना लाग्यो ।

bear sunami

विशेष