खेल

साम्बो टोली बुल्गेरियातर्फ

साम्बो टोली बुल्गेरियातर्फ
कात्तिक - २४ । तेस्रो विश्व साम्बो च्याम्पियनसीपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । नोभेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा भाग लिन टाेली बुल्गेरिया प्रस्थान गरेका हाे । प्रतियाेगितामा समान एक पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष राजकुमार श्रेष्ठ रहेका छन् । नेपालले नियमित विश्व च्याम्पियनसीपमा सहभागिता जनाइरहेको फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाई गरे।

sambo Game

विशेष