समाज

कक्षा ११ को परीक्षाको औचित्य समाप्त

कक्षा ११ को परीक्षाको औचित्य समाप्त
कात्तिक–२४ । राष्ट्रियस्तरमा कक्षा ११ को परीक्षा सञ्चालनको औचित्य समाप्त भएको छ । शिक्षा मन्त्रालयले गठन गरेको मन्त्रालयका चार सहसचिव र एक उपसचिवसहितको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो । समितिले कक्षा १० र १२ मा राष्ट्रियस्तरको परीक्षा सञ्चालन गरिएपछि कक्षा ११ को परीक्षाको कुनै अर्थ नरहने ठहर गरेको छ । प्राविधिक समितिका संयोजकसमेत रहेका मन्त्रालयका सहसचिव डा. डिल्लीराम रिमालले हालको पाठ्यक्रम परिमार्जन गरेपछि कक्षा ११ को परीक्षा राष्ट्रिय रूपमा सञ्चालन गर्नु आवश्यक नरहेको बताउँदै भने , “विद्यार्थीलाई पटकपटक कति परीक्षा लिइरहनु ?” प्राविधिक समितिले कक्षा १० र कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्न दुईवटा परीक्षा नियन्त्रण कार्यालय आवश्यक पर्ने प्रस्ट गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० रहनुपर्ने तथा दुवै कार्यालयले बोर्डको नीति निर्देशनमा रही परीक्षा सञ्चालन एवं व्यवस्थापनका लागि स्वतन्त्र हुने प्रस्ट्याएको छ ।

HSBC HSBC nepal

विशेष