प्रवास समाज

ग्रिनकार्ड लिएका अभिनेता खनाल भन्छन् : 'पैसाले जितायो ट्रम्पलाई, केही हुँदैन अमेरिकामा रहेका नेपालीलाई'

ग्रिनकार्ड लिएका अभिनेता खनाल भन्छन् : 'पैसाले जितायो ट्रम्पलाई, केही हुँदैन अमेरिकामा रहेका नेपालीलाई'
कात्तिक - २५ । बर्षौँ अमेरिका बसेर फर्केका अभिनेता सरोज खनाल अमेरिकाको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । अमेरिकाको ग्रिनकार्डसमेत लिएका खनाल डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेशलाई पैसाको कमाल ठान्दछन् । ‘पैसा जति शक्तिशाली केही रहेनछ । ट्रम्प राजनीतिज्ञ होइनन्, धनाढ्य हुन् । धनले उनलाई जितायो ।’ नेपालआजसँग ट्रम्पको उदयका बारेमा संक्षिप्त प्रतिक्रिया दिदै खनालले भने । saroj-khanal चुनावी परिणामका बारेमा पूर्वअनुमान यसअघि पनि गलत सावित भएको उनको भनाइ छ । ‘बाराक ओबामाको पहिलो कार्यकालको निर्वाचनमा म उतै थिएँ । ओबामाले जित्दैनन् भन्थे । जितिछाडे । अहिले धेरैले हिलारी भने । परिणाम अर्कै आयो ।’ खनालले चुनावी समीक्षा सुनाए, ‘अमेरिकीहरु स्थिर सरकार चाहन्छन् । सँगै, परिवर्तन पनि चाहन्छन् ।

‘अमेरिकामा रैथाने ६० प्रतिशत र आप्रवासी ४० प्रतिशत छन् । यस्तो ठूलो संख्याको विरुद्धमा जाने गरी ट्रम्पले केही गर्दैनन् ।


रिपब्लिकन पार्टीको दुई कार्यकालपछि डेमोक्र्याटका ओबामाले दुई कार्यकाल ह्वाइट हाउस सम्हाले । फेरी रिपब्लिकनको पालो आएको छ । ।’ अमेरिकामा ट्रम्प आएपनि आप्रवासीको सन्दर्भमा खासै केही फरक नीति नआउने खनालको बुझाइ छ । ‘अमेरिकामा रैथाने ६० प्रतिशत र आप्रवासी ४० प्रतिशत छन् । यस्तो ठूलो संख्याको विरुद्धमा जाने गरी ट्रम्पले केही गर्दैनन् । बैधानिकरुपमा अमेरिकामा बस्दै आएकाहरुलाई के को डर ? ट्रम्पका बारेमा गरिएको आंशका चिर्दै उनले भने, ‘नेपालीहरुलाई अमेरिका आउजाउ गर्न कुनै अवरोध हुने छैन । पहिला जे थियो त्यसैले निरन्तरता पाउने देख्छु ।’

America DV Saroj Khanal

विशेष