खेल

रेड कार्ड देखाएको रिसमा रेफ्रीको हत्या

रेड कार्ड देखाएको रिसमा रेफ्रीको हत्या
कात्तिक २५ ।  खेलका क्रममा रेड कार्ड देखाएको रिसमा एक खेलाडीले मेक्सिकोमा आफ्नो टाउकोले प्रहार गरी रेफ्रीको हत्या गरेका छन् । death-of-refree मेक्सिको सिटीबाट झन्डै एक सय २० किलोमिटरको दूरीमा रहेको हिडाल्गो राज्यस्थित तुलानसिंगो सहरमा उक्त घटना भएको हो । घटना आइतबार एक स्थानीय प्रतियोगिताका क्रममा भएको हो । मेक्सिकन पत्रिका क्राइटेरिअन हिडाल्गोले जनाएअनुसार खेलाडीले टाउकोले हिर्काएपछि रेफ्री भिक्टोर ट्रेजोको मृत्यु भएको हो । खेलका क्रममा विपक्षी खेलाडीलाई फल प्रहार गरेपछि रेफ्री ट्रेजोले रुबेन रिभेरा भाज्कुइज नाम गरेका खेलाडीलाई रेड कार्ड देखाएका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि भाज्कुइज निकै क्रुद्ध बनेका थिए । त्यसलगत्तै उनले ट्रेजोको मुखमा लगातार आफ्नो टाउकोले प्रहार गरेका थिए । रेफ्री अचेत भएर भुइँमा लडेपछि ती खेलाडी भागेका थिए । खेलका क्रममा मैदानमै उपस्थित रहेका प्यारामेडिक्सले ट्रेजोलाई बचाउने प्रयास गरे पनि असफल भएका थिए । तस्बिरमा देखिएअनुसार ट्रेजोको मृत शरीरलाई प्लास्टिकले छोपेर मैदानमै राखिएको थियो । ती खेलाडीलाई अझै प्रहरीले खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन् ।

Death red card

विशेष