समाज

मिसकलले बाँधिएकाे दृष्टिविहीनको जोडी, यस्ताे छ कहानी

मिसकलले बाँधिएकाे दृष्टिविहीनको जोडी, यस्ताे छ कहानी
कात्तिक २५ ।  नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । प्रसङ्ग हो, उर्लाबारी–१ विशालटोलका नेत्रहीन दम्पती ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँबजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको । झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हानेका बयलकोटीले केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहन । एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाए, तर फोन काटियो । सोही नम्बरमा फेरि फोन दबाए । पहिलोपटकमा फोन उठेन, अर्काेपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताइन् । सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो । त्यसपछि विर्तामोडमा भेट्ने भन्ने कुराको सल्लाह भयो । उनीहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने भए । त्यसपछि उनीहरुले प्रेम विवाह गरे । होमबहादुर बयलकोटीले भने, 'दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।' उनीहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।

dristi bihinko kataha hom bahadur bayalkoti samjhana limbu

विशेष