नेपाल र लाओस सेमिफाइनलमा भिड्दै
कात्तिक – २५ । एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले लाओससँग खेल खेल्ने छ ।
समूह ‘बी’अन्तर्गत भएको मकाउ र श्रीलंकाबीचको खेलमा १–१ गोलको अन्तरमा अंक बाँडेपछि नेपालले लाओसलाई सेमिफाइनल खेलमा प्रतिद्वन्द्वीको रुपमा पाएको हो ।
समूह ‘ए’ को नेपालले मंगलबार मलेसियाको कोचिङमा भइरहेको सोलिडारिटी कपअन्तर्गत ब्रुनईलाई ३–० ले पराजित गरेपछि समूह विजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । समूह ‘बी’को अन्तिम चरणको खेलमा लाओसले मंगोलियालाई ३–० ले पराजित गरेको हो ।
एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले आफ्नो प्रतिद्धन्द्धीको रुपमा लाओसलाई पाएको छ । समूह ‘बी’ अन्तर्गत मकाउले श्रीलंकालाई १–१ गोलको अन्तरमा अंक बाँडेपछि नेपालले शनिवारदेखि सुरु हुने सेमिफाइनल खेलमा लाओसलाई प्रतिद्वन्द्वी रुपमा पाएको हो । यस्तै लाओसले भने मंगोलियालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा निश्चित गरेको हो ।
नेपाल ४ अंकका साथ समूह विजेता बन्यो र ब्रुनई भने टिमोरलाई ४–० ले हराउँदा पनि नेपालसँग पराजित भएर समूहको उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
ब्रुनईले सेमिफाइनलमा मकाउको सामना गर्नु पर्नेछ । मकाउ समूह ‘बी’ मा ७ अंकका साथ शीर्ष स्थानमा रह्यो भने लाओस ६ अंकका साथ उपविजेताको रुपमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनल खेल यही शनिबार हुँदैछ ।
lawos
nepal
nepal ra lawos bhiddai