मनोरञ्जन

यस्तो छ सलमान खानको फिटनेस फर्मूला

यस्तो छ सलमान खानको फिटनेस फर्मूला
बडि बिल्डिङ र फिटनेस आजकाल अधिकांस मानिसहरुको चासोको विषय बन्ने गर्छ । त्यसमाथि पनि सेलिब्रेटिको फिटनेस र त्यस पछाडिको रहस्यका बारेमा झन् चासो बढ्ने नै भयो । अहिले चर्चा छ बलिउड अभिनेता सलमान खानको फिटनेस फर्मूलाको । सलमानका बाइसेप्स, ट्राइसेप्स र एब्सको सधैँ चर्चा हुने गर्छ । कारण, उनको बाइसेप्स, ट्राइसेप्स र एब्सको साइज सदाबहार भव्य साइजमा हुन्छ । सलमानले शरिरको स्याहारसम्भारमा विशेष ध्यान दिने गर्छन् भन्ने कुरा उनको शरिर हेरेरै प्रष्ट हुन्छ । उनी हरेक दिन जिम र व्यायाम गर्छन् । यसका साथै उनी बाह्रै महिना जगिङ पनि गर्छन् । मौसमको खराबीले पनि उनलाई जगिङ गर्नबाट पछि हटाउँदैन । उनी बिहानको साय दिनहूँ दुई घण्टा जिम र व्यायाम गर्छन् । यो समयमा सलमान कसैलाई भेट्दैनन् । उनी व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशीमा राम्रोसँग कसरत पुगोस् भन्ने करामा सचेत रहन्छन् । सलमान सेट अप्स, पुल अप्स, चिन अप्स, हरेक दिन करिब पाँच सय पटक गर्छन् । व्यायाम र जगिङबाट पनि आफ्नो शरिरलाई आवश्यक कसरत पुगेनजस्ताे लाग्यो भने, उनी साइकल कुदाउन थाल्छन् । साइक्लिङमा निस्किए भने, उनी १० किलोमिटरसम्म साइकल कुदाउँछन् । सलमान जंक फुडबाट सधैँ टाढा रहन्छन् । उनी हरेक दिन खानामा मासु, फलफूल र हरियो सागसब्जीजस्ता खानेकुरा अनिवार्य रुपमा खान्छन् । उनी गुलियो खानेकुरा सकेसम्म खादैँनन् र अरुलाई पनि गुलियो नखान सुझ्याउँछन् । विशेषगरि सलमान प्रोटिनजन्य खानेकुरामा बढि जोड दिन्छन् ।

Body gym salman khan salman khanko body formula

विशेष