हरेक वर्ष १ हजार बालिकामाथि याैन हिंसा

कात्तिक - २५ । भियतनाममा हरेक वर्ष १८ वर्ष मुिनका एक हजार बालिका माथि यौन हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
भियतनामको श्रम तथा सामाजिक मामिला मन्त्रालयको यो तथ्याङ्क स्थानीय सञ्चार माध्यमलाई बिहीबार सार्वजनिक गरेको हो ।
भियतनामका ५८ प्रतिशतभन्दा बढी महिलाले आफ्नो जीवनमा शारीरिक, मनोवैज्ञानिक वा यौन हिंसामध्ये कम्तीमा एउटा हिंसा भोगिरहेका स्थानीय टिएन फोङ्ग नामक पत्रिकाले लेखेको छ । - एजेन्सी
balika hinsama
Mahila