स्वास्थ्य

याैनशक्ति बढाउन यी खानेकुरा खानुहोस्

याैनशक्ति बढाउन यी खानेकुरा खानुहोस्

तुलसी : तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन् ।

खरबुजा : खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन् । खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्मछ ।

एभोकाडो : एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ । त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ । थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन् ।

लसुन : सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

कालो : चकलेट कालो चकलेटलाई पश्चिमी समाजमा ‘छिल्लिएको खानेकुरा’समेत भन्ने गरेका छन् । कालो चकलेटमा फेनाइलेथाइलामाइन जस्ता प्रेम रसायन पाइन्छन्, जसले दिमागमा डोपामाइन र अनान्डामाइडजस्ता न्युरोट्रान्सिमटरलाई दिमागमा रिलिज गर्ने काम गर्छन् । यिनले व्यक्तिलाई सन्तुष्टि प्रदान र हासिल गर्न प्रेरित गर्छन् । जर्नल अफ सेक्सुअल मेडिसिनले गरेको एउटा सर्वेक्षणमा हरेक दिन एक टुक्रा कालो चकलेट खाने युवतीको यौनजीवन नखानेको भन्दा सुखद हुने पाइएको थियो ।

बदाम : बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ । बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

कुरिलो : कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछन् । केरा केरालाई फिल्महरूमा ‘सेक्स सिम्बोल’का रूपमा पनि प्रस्तुत गरिन्छ । केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् । अन्डा : अन्डाले यौन शक्ति बढाउने गर्छ । यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन् । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्माेन टेस्टोस्टेरोन बढाउने गर्छ ।

रातो खुर्सानी : रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ । यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ ।

र्सीको बियाँ : फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन् । यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ । अदुवा : अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ ।

Sex Power youn chhyamata badaune khane kura

विशेष