मानव शरीरबारे केही अनौठा तथ्य यस्ता छन् :
हाम्रो आफ्नै शरीर पनि कति अचम्मको छ । हेर्दा सामान्य लाग्छ तर काम भने विचित्रको गरिरहेको हुन्छ । आफैँले सोच्दा पनि हात सोचेकै भरमा कसरी चल्छ जस्तो लाग्छ । तर यो भन्दा पनि अन्य पनि केही तथ्यहरु छन् जुन हामीलाई सायदै थाहा होला ।
१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् । वयस्क हुँदासम्म मानिसमा २ सय ६ वटा हड्डी हुन्छन् ।
२. १० हजारजनामा १ जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ ।
३. मानिसको तौलको १० प्रतिशत भाग ब्याक्टेरियाको हुन्छ ।
४. १० प्रतिशत पुरुष र ८ प्रतिशत महिला बाँया हातवाला हुन्छन् ।
५. मानिसको टाउकोको कपाल हरेक दिन ८० वटा झर्छन् ।
६. दिमागमा ८० प्रतिशत पानी हुन्छ ।
७. मधुमेहका कारण विश्वमा हरेक मिनेट ६ जनाको मृत्यु हुनेगर्छ । हरेक वर्ष ३२ लाख मानिसको मृत्यु मधुमेह र यससम्बन्धी कारणहरुले हुनेगर्छ ।
८. जम्मा बडी फ्याटको महिलामा ४० प्रतिशत र पुरुषमा ३५ प्रतिशत नपुगेसम्म बडीफ्याट स्वास्थ्यका लागि हानिकारक हुँदैंन ।
९. ब्रेकफास्टले दिनभरमा ५ प्रतिशतदेखि २० प्रतिशत क्यालोरी बर्न गर्न सहयोग गर्छ ।
१०. राता रक्तकोष २० सेकेण्डभर शरीरका सबै भागमा फैलन सक्छ ।
११. बच्चा जन्मदाँ घुँडाको बाहिरी हड्डी हुँदैंन । २ देखि ६ वर्षको बीचमा बल्ल यो विकसित हुन्छ ।
१२. बच्चाको टाउको कुल उचाईको एकतिहाई हुन्छ, तर २५ वर्षको उमेरमा कुल उचाईको ८ भागको एक भाग हुन्छ ।
१३. रगतको एउटा थोपामा २५ करोड कोष हुन्छन् ।
१४. गर्भको शिशु ३ महिनाको हुँदा हातका पन्जा विकसित हुन्छन् ।
१५. मुत्राशयको आकार लगभग एउटा सफ्ट बलबराबर हुन्छ ।
१६. कपालको रौं दिनको ०.३ देखि ०.५ मिलिमिटर बढ्छ, जुन महिनामा १ सेमिदेखि १.५ सेमि र वर्षमा १२ देखि १५ सेमि हुन्छ ।
१७. कडा काम गर्ने एक वयस्कले दैनिक ४ ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) पसिना निकाल्छ ।
१८. स्वस्थ कलेजोले दैनिक ७ सय २० लिटर रगत प्रशोधन गर्छ ।
१९. मानिसको शरीरमा तातो महसुस गर्ने २ लाख अंग हुन्छन् ।
२०. मानिसको शरीरमा छुँदाखेरि महसुस गर्ने ५ हजार अंग हुन्छन् ।
२१. शिर काटिएको २० सेकेन्डसम्म मानिसको शरीर चेतनशिल हुन्छ ।
२२. डायफ्रागम नामको मांसपेशीले मानव श्वासप्रश्वास प्रक्रिया नियन्त्रण गर्छ ।
२३. भर्खर जन्मिएको बच्चाले जन्मनुअघि भएको स्नायुकोषको आधा भाग गुमाउँछ ।
२४. भर्खर जन्मिएको बच्चाको २६ अर्ब कोष हुन्छन् ।
२५. नवजात शिशुको दिमाग एक वर्षमै ३ गुणा चाँडो वृद्धि हुन्छ ।
–एजेन्सीको सहयोगमा
manab sarir