जाडोको समयमा यसरी जोगाउनुहाेस् ओठको सुन्दरता
कात्तिक २५ । ओठको सुन्दरता कायम राख्न लिपिस्टिक लगाउँनुमात्र काफी हुँदैंन । नियमित रेखदेख र ओठको मेकअपको सही जानकारी पाउँनु उति नै आवश्यक हुन्छ । ओठको छालामा तैलीय ग्रन्थी हुँदैंन । यसकारण यसको उचित रेखदेख नगर्दा ओठ सुक्ने र चिरिने सम्भावना हुन्छ ।
यसका लागि राती सुत्ने समयमा ओठमा ‘लिप बाम’ लगाउँनुपर्छ । भिटामिन बी, सी तथा इको कमीका कारण ओठ प्रभावित हुन्छ । यसकारण खानामा यी पोषक तत्व समावेश गर्नुपर्छ । कागतीको रस, मह र ग्लिसिरिनलाई मिसाएर लगाउँनाले ओठको सुख्खापन हट्छ ।
हरियो धनियाको रसले ओठमा मसाज गर्नाले र राती सुत्ने बेला दूधको तर लगाउँनाले ओठ कोमल र सुन्दर हुन मद्दत गर्छ । चुकन्दरको रस पनि ओठका लागि फाइदाजनक हुन्छ ।
यसको नियमित सेवनले ओठ सुन्दर हुन मद्दत गर्छ । लिपिस्टिकको प्रयोग गर्दा ज्यादैं पूरानो प्रयोग गर्नुहुँदैंन । यसबाट ओठ कालो हुन सक्छ । लिपिस्टिक लगाउँदा ब्रस प्रयोग गर्नुपर्छ । लिपिस्टिक रिमुभरले ओठभित्र जमेको लिपिस्टिकलाई पनि सफा गर्छ, यसका कारण लिपिस्टिक रिमुभरको प्रयोग पनि जरुरी हुन्छ ।
jadoma othko surakshya
lipistic