मनोरञ्जन

निर्वस्त्र भएर यी महिलाले गर्छिन् थेरापी

निर्वस्त्र भएर यी महिलाले गर्छिन् थेरापी
कात्तिक–२५ । संसारमा मानिसहरुलाई विभिन्न रोगहरुले सताइरहेको हुन्छ । त्यसको उपचारको लागि पनि विभिन्न विधिहरु अपनाइन्छ । कोही अस्पताल जान्छन्, कोही आयुर्वेदिक मा त कोही थेरापीमा जाने गर्छन् । पछिल्लो समय एउटा यस्तो अस्पतालको स्थापना भएको छ जहाँ निर्वस्त्र भएर उपचार प्रकृया हुन्छ । साराह ह्वाइट नाम गरेकी मनोविज्ञले आफु नांगै भएर पुरुष बिरामीलाई पनि क्रमश उत्तेजित बनाउदै नांगै बनाई चेकजाँच तथा उपचार गरी परामर्श दिने गर्छिन् । तर उनले बिरामीको परीक्षण र परामर्श अनलाइनमा आधारित भाइबर, स्काइप र उनको आधिकारिक वेभसाइटबाट गर्ने गर्छिन् । २४ वर्षीया ह्वाइट अमेरिकाको न्यूर्योकमा बस्छिन् । आँफुलाई नांगो थेरापीको आविस्कारक बताउने ह्वाइटले अहिले इन्टरनेटमा साँच्चिकै हंगामा मच्चाएकी छिन् । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले समेत उनको यो उपचार पद्धतिलाई तारीफ गर्दै नौलो भएको उल्लेख गरेका छन् । तर उनले यसरी उपचार गरेवापत घण्टाको करिव तीस हजार रुपैयाँ लिने गरेपनि पुरुष बिरामीको भीड लाग्ने गरेको छ । साराहका अनुसार उनले मनोवैज्ञानिक चिकित्सक सिग्मण्ड फ्रायडको सिद्धान्त अनुरुप बिरामीको उपचार गरेकी हुन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषहरुको यौन कुण्ठा बाहिर निस्किन्छ । उनले यस्तो उपचार पद्धति सन् २०१० मा पत्ता लगाएको बताएकी छिन् । उनले आफ्नो उपचार पद्धतिको नाम साराह ह्वाइट नेकेड थेरापी दिएकी छिन् । अनलाइनमा मात्र सिमित उनले उपचार वेबक्याम बाट भिडियो कल मार्फत बिरामीको चेकजाँच र उपचार गर्ने गर्छिन् । उनी भिडियो कलबाटै बिरामीसँग सम्बन्ध स्थापित गर्ने गर्छिन जसका कारण पुरुषहरु उनीसँग आफ्नो यौन कुण्ठाहरु खुलेर व्यक्त गर्ने उनले आफ्नो वेभसाइट साराहथेरापीडटकममा उल्लेख गरेकी छिन् । –एजेन्सी

therapy

विशेष