मनोरञ्जन

दीपिकाले रणवीरलाई सार्वजनिक स्थानमै चुमेपछि...

दीपिकाले रणवीरलाई सार्वजनिक स्थानमै चुमेपछि...
कात्तिक - २६ । बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी रणवीर सिंहलाई खुलेआम चुमेकी छिन् । हलिउडमा दीपिकाले काम गर्न थालेपछि रणवीरसँग उनको दूरी बढेको चर्चा चलिरहेको बेला यसलाई असत्य साबित गर्दै उनले सार्वजनिक ठाउँमै रणवीरलाई चुमेकी हुन् । ‘दीपिकाको घरअगाडि एउटा कार सोरुम छ । त्यही सोरुमअगाडि रणवीर र दीपिकाले सबैले देख्नेगरी एकअर्कालाई चुम्बन गरेका थिए,’ समाचारमा भनिएको छ । अहिले दीपिका हलिउड फिल्म ‘एक्सएक्सएक्स’मा काम गरिरहेकी छिन् । रणवीर पनि ‘बेफिक्रे’ फिल्मको छायांकनमा व्यस्त छन् । अब चाँडै उनीहरूले ‘पद्मावती’ फिल्ममा सँगै काम गर्ने तय भएको समेत समाचारमा जनाइएको छ । - एजेन्सी

deepika padukone Kiss ranveer singh

विशेष