स्वास्थ्य

धरानमा ढेङ्गु रोग देखियो

धरानमा ढेङ्गु रोग देखियो
कात्तिक २६ । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका चिकित्सकको भनाइ छ । प्रतिष्ठानको आकस्मिक कक्षमा डेङ्गुपीडित दैनिक चारदेखि पाँचजना आउने र उनीहरुलाई प्रतिष्ठानले उपचार गरिरहेको चिकित्सकले जानकारी दिएका छन् । डेङ्गुपीडित भएर आउनेलाई आकस्मिक कक्षबाटै उपचार गरेर डिस्चार्ज गरिँदै आएको छ । उपचारका लागि धरानबाटै आएकी एक बालिका र एक अर्का व्यक्तिको मेडिकल विभागमा उपचार भइरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा एक दिनअघि झापाको दमक–१५ बाट डेङ्गुपीडित भएर आउनुभएका २८ वर्षीय सञ्जय निरौला आकस्मिक कक्षमा नै उपचार गराइरहेका छन् । उपचारमा रहेका निरौलाले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । सोही अवसरमा चिकित्सक सुनिल जिरेलले आकस्मिक कक्षमा दैनिक चारदेखि पाँचजना पीडित मानिस भर्ना हुने गरेको जानकारी दिए ।

dengu Dharan dharan ma dengu roog dekhiyo

विशेष