देश

बसको ठक्करबाट १ महिलाको मृत्यु

बसको ठक्करबाट १ महिलाको मृत्यु
कात्तिक – २६ । सुनसरीको हरिपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । खोटाङ दिक्तेल–१५ की ३६ वर्षीया लैला सरी राईको मृत्यु भएको हो । मे१ख १७५४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ । बससहित चालकलाई सुनसरीले नियन्त्रणमा लिएको छ ।

Death sunsari

विशेष