खेल

विश्व कप छनौट खेलमा उरुग्वेको शानदार जित

विश्व कप छनौट खेलमा उरुग्वेको शानदार जित
कात्तिक–२६ । विश्व कप २०१८ को छनौट खेलमा उरुग्वेले जित हात पारेको छ । छनौट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई २–१ ले हराएको हो । उरुग्वेले विश्व कप छनौट अन्तर्गत घरेलु मैदानमा अहिलेसम्म भएका छ खेलमा जित निकालेको छ । उरुग्वेको जितको लागि १२ औँ मिनेटमा सेवास्टिएन कोएटिएसले गोल गरेर सुरुवाति अग्रता दिलाए । त्यसपछि ४४ औँ मिनेटमा इक्वेडका काइसेडोले गोल फर्काएर बराबरीमा ल्याए पनि त्यसको एक मिनेटपछि डिएगो रोलानले गोल गर्दै उरुग्वेको लागि गोल गरे । उरुग्वेले पहिलो हाफमा २–१ को अग्रता राख्यो । लुइस स्वारेजले खेलमा गोल गर्न नसकेपनि गोलका लागि राम्रा अवसर भने बनाए । ११ खेलबाट २३ अंक रहेको उरुग्वेले दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा सोझै छनौट हुने सम्भावना बलियो बनाएको छ ।

equader urugwe World cup

विशेष