समाज

राष्ट्रिय आविस्कार केन्द्रलाई २ लाख सहयोग

राष्ट्रिय आविस्कार केन्द्रलाई २ लाख सहयोग
कात्तिक २६ ।  अनुसन्धानकर्ता महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई रु दुई लाख आर्थिक सहयोग गरिएको छ । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा शुक्रबार आयोजना गरिएको ‘पप्पी डे’ का अवसरमा भूतपूर्व बेलायती सैनिक सङ्घ र पुन समाज काठमाडौँ जिल्ला कार्यसमितिले रु एक-एक लाख आर्थिक सहयोग गरेका हुन् । सङ्घले प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपाली सेनाको सम्झनामा अङ्ग्रेजी समयअनुसार आज ११ महिना ११ गते ११ बजे ११ मिनेट ११ सेकेन्डमा उक्त कार्यक्रम गरेको थियो । सो कार्यक्रममा सङ्घले तिहारमा खेलेको देउसी भैलोबाट उठेको रकम आविस्कार केन्द्रलाई सहयोग गरेको हो । कार्यक्रममा सङ्घका अध्यक्ष जनक रानाले राष्ट्रका लागि केही गर्ने अभियानका साथ लागेकाले पुनलाई आर्थिक सहयोग गरिएको बताए । उनले भने–'हामीजस्ता संस्थाको सानो रकमले आविस्कार केन्द्र खोल्न सहयोग पुग्छ भने हामीले सहयोग किन नगर्ने ?' अनुसन्धानकर्ता पुनले देशको आर्थिक विकासका लागि सानातिना सहयोगको खाँचो रहेको बताए । सङ्घले यसअघि भूकम्पपीडित जनतालाई राहत उपलब्ध गराउनेदेखि पुनःनिर्माणका लागि प्रधानमन्त्री राहत कोषमा रु २० हजार आर्थिक सहयोग गरेको छ ।

mahabir pun rastriya abiskar kendra sahayog

विशेष