'हाम्रो पात्रो' सफ्टवेयर नेपाल भाइबरको आधिकारिक प्राविधिक साझेदार

कात्तिक–२६ । ‘हाम्रो पात्रो’ सफ्टवेयर नेपाल भाइबरको आधिकारिक प्राविधिक साझेदार भएको छ ।
भाइबर प्रयोगकर्ताले अब पब्लिक अकाण्टमा गएर हाम्रो पात्रो सजिलै हेर्न सक्छन् । भाइबरले केही समय अघि मात्र पब्लिक अकाउण्ट सम्बन्धी सुविधा सार्वजनिक गरेको हो । भाइबरमा हाम्रो पात्रोसँग जोडिनका लागि ‘हाम्रो पात्रो’ सर्च गरी फलो गर्न सकिने हाम्रो पात्रोले पे्रस विज्ञप्ती निकाल्दै जनाएको छ ।
जसबाट समाचार, तिथिमिति, लोडसेडिङ तालिका, राशिफल, मौसम, विदेशी विनिमय दर, सुनचाँदीको दरभाउ, दैनिक जनमत जस्ता विषयबारे जान्न सकिने हाम्रो पात्रोलाई भाइबरमा रहेको च्याटबट सफ्टवयरमार्फत आफ्ना जिज्ञाशा मेटाउन सकिन्छ ।
hamro patro
rasifal
viber ma

