देश

नगरपालिकालाई गाउँपालिकामा झार्न लागेको भन्दै भुरिगाउँबासी आन्दोलित

नगरपालिकालाई गाउँपालिकामा झार्न लागेको भन्दै भुरिगाउँबासी आन्दोलित
कात्तिक २६ । बर्दियाको बबई नगरपालिकालाई गाउँपालिकामा झार्ने चर्चाले भुरिगाउँका नगरबासी आक्रोसित बनेका छन् । भुरिगाउँ क्षेत्रका नगरबासीहरु नगरपालिका नै कायम हुनुपर्ने माग राख्दै विभिन्न आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै बिहीबारदेखि आन्दोलनमा उत्रेका हुन् । भुरिगाउँबासीले शुक्रबार झण्डै दुई घण्टा राजमार्ग अवरुद्ध गरेपछि दिनभर भुरिगाउँ बजारसमेत बन्द गरिएको थियो । गाउँबासी बिहीबार पनि एक घण्टा पूर्वपश्चिम राजमार्ग ठप्प पारेका थिए । राजमार्ग अवरुद्ध गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबिच केही बेर तनाव भएको थियो । सडक अवरुद्ध गरेको भन्दै प्रहरीले आन्दोलनकारीलाई लछारपछार गरेको उद्योग वाणिज्य संघ भुरिगाउँका महासचिव महेन्द्र पंगेनीले जानकारी दिए । शान्तिपूर्ण विरोधमा उत्रिएकामाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरी विरुद्ध नाराबाजीसमेत भएको थियो । आन्दोलनका क्रममा प्रहरीले स्थानिय लक्ष्मण गौली, थुम प्रसाद काफ्ले र दिप्त खनाललाई लछारपछार गरेको हो । प्रहरीले काफ्लेलाई करिव एक घण्टा नियन्त्रणपछि आन्दोलनकारीको दवावमा छाडेको थियो । नगरपालिका काय गर्नुपर्ने भन्दै नगरपालिकाबासी आन्दोलनमा उत्रेपछि दिनभर भुरिगाउँ बजार तनाव ग्रस्त रह्यो । आन्लदोलनकरीले विद्यमान बबई नगरपालिका कायम गर, गाउँपालिका चाहिँदैन भन्दै नाराबाजी गरेर बजार परिक्रमा गरेका थिए । विरोधपछि कोणसभालाई युवा नेता बिपी भण्डारी, जिवन शाही, तिलक लम्साल, महेन्द्र पंगेनी र उद्योग बाणिज्य संघ भुरिगाउँका अध्यक्ष युवराज शर्मा अधिकारीले बबई नगरपलिकालाई कायम राख्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए । पुर्नसंरचना सम्वन्धि विवाद राजनीतिक दलले टुंगाउन नसकेपछि स्थानिय निकाय पुर्नसंरचना प्रविधिक समितिले कात्तिक २२ गते बर्दियामा ४ नगरपालिका र एक गाउँपालिका टुंगो लगाएर प्रतिवेदन पठाएको थियो । भुरिगाउँ, ठाकुरद्वारा क्षेत्र, सानोश्री ताराताल क्षेत्र र मैनापोखर क्षेत्र विवादित रहको भन्दै बैकल्पिक नगरपालिका वा गाउँपालिका रहने गरि निर्णय गर्न केन्द्रलाई सिफारिस पठाएको हो ।

andilan Bardiya

विशेष