देश

फुड प्रालिमा लागेको आगो नियन्त्रणमा

फुड प्रालिमा लागेको आगो नियन्त्रणमा
कात्तिक–२६ । दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रालिमा बिहीबार साँझदेखि सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । मोरङको टंकीसिनवारी ४ स्थित प्रालिको आगो नियन्त्रणमा लिन विराटनगर, इटहरी, इनरुवा, राजविराज काकडभिट्टा नगरपालिकाका १४ वटा बारणयन्त्र, नेपाल प्रहरी, सेना, स्थानीयवासीको प्रयासमा शुक्रबार आगो नियन्त्रणमा आएको हो । आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण भने पूर्ण रुपमा आइसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । उद्योगको मूख्य प्लान्ट क्षेत्र भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । उद्योगले सेन्चुरी मसलासहित कुरमुरे, ग्लुकोज लगायतका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ ।

dugat fruit

विशेष